घरले बहिष्कार तर देशले स्वीकार गरेका अब्बल तबलावादक

७० वर्षीय तबलावादक राजु अग्रवालको बिहानी एकनाशे चक्रमा चल्छ। उनी बिहान ४ बजे उठ्छन्। गर्मी होस् वा जाडो चिसै पानीले नुहाउँछन्। गुह्येश्वरीमाथि उक्लेर मृगस्थलीमा एक घन्टा ध्यान र प्राणायाम गर्छन्। चराको चिरबिर, जंगलको साइँसुइँ र घन्टीको ट्याङटुङ सुन्दै पशुपति मन्दिर झरेर एक फन्को लगाउँछन्। र, मैजुबहाल घर फर्किन्छन्। यो क्रम चलेको तीन दशक भयो। २०७० […]