भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी पीडितको गुनासो सुनुवाइका लागि प्रहरीमा छुट्टै डेस्क र मुद्दाको सुनुवाइ छिटो गर्न अदालतमा छुट्टै बेन्चको व्यवस्थाका लागि पहल भइरहेको बताएकी छन्। सोमबार जिल्ला प्रशासन कार्यालय चितवनमा सहकारी पीडितका गुनासा सुनेपछि मन्त्री रावलले मुद्दाको चाप भएका स्थानमा विशेष व्यवस्था गर्न प्रधानन्यायाधीशसँग छलफल गरेको जानकारी दिइन्। […]