विराटनगरका कप्तान सन्दीपले लिए २ महत्त्वपूर्ण विकेट, जनकपुरका तीन ब्याटर आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले जनकपुर बोल्टस्को दुई महत्त्वपूर्ण विकेट लिएका छन् ।  सन्दीपले ओपनर लाहिरु मिलन्था र जनकपुरका कप्तानसमेत रहेका ब्याटर अनिल शाहको विकेट लिएका हुन् ।  १४ बलमा चार रन जोडेका अनिषलाई सन्दीपले ६ ओभरको चौथो बलमा आउट गराएका हुन् । […]