भरतपुर महानगरपालिकामा अवरुद्ध मतगणना सुरु गर्ने विषयमा सहमति जुटाउन सर्वदलीय बैठक सुरु भएको छ । सोमबार राति पौने १२ बजेदेखि सर्वदलीय बैठक सुरु भएको हो । भरतपुरस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सर्वदलीय बैठक सुरु भएको रातोपाटीकर्मी गणेश लम्सालले मतगणनास्थलबाट जनाएका छन् । कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेका प्रतिनिधिले आरोप लगाएपछि मतगणना प्रभावित बनेको थियो । उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमालेका प्रत