इटहरी गोल्डकप : मछिन्द्र सेमिफाइनलमा स्तब्ध

ए डिभिजन टोली मछिन्द्र फुटबल क्लब १३ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ । इटहरी रंगशालामा बुधबार पहिलो सेमिफाइनलमा साबिक विजेता सगरमाथा क्लब मोरङसँग ३–१ ले पराजित हुँदै दाबेदार मछिन्द्र बाहिरिएको हो ।