दुई विभागीय टोली पुलिस र एपीएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

काठमाण्डाै – दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । त्रिवि मैदानमा आज भएको पहिलो सेमिफाइनलमा पुलिसले बागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनलमा पुगेको हो । यस्तै दोस्रो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई ४७ रनले हराउँदै एपीएफ फाइनलमा पुग्यो । भोलि बुधबार हुने फाइनलमा एपीएफ र पुलिस उपाधिका लागि खेल्नेछन् । आजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक...

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट : यस्तो छ आर्मीको टिम

२७ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटको लागि त्रिभुवन आर्मी क्लबले विनोद भण्डारीको कप्तानी टोली घोषणा गरेको छ । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित केही खेलाडीले टोली छाडेपछि आर्मीको टिम फेरिएको छ । रोहित अर्को विभागीय टोली एपीएफ गएका छन् भने विकेटकिपर अर्जुन साउद नेपाल पुलिस क्लबमा पुगेका छन् । सुशन भारी […]

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र पुलिस उपाधिका लागि भिड्दै

काठमाडौं । हतारोमा गरिएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दैछन् ।  नेपाल पुलिस क्लबले यसअघि दुई पटक प्रतियोगिताको उपाधि उचालिसकेको छ । यसपटक पनि पुलिस क्लबले उत्कृष्ट नतिजा निकाल्दै फाइनलसम्मको यात्रा तय गरेको छ ।...

प्रधानमन्त्री कप क्रिकेट : सेमिफाइनलमा पुलिस र एपीएफ भिड्ने

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समिकरण पूरा भएको छ । विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ माथि ४ विकेट जित निकाल्दा सोमबार कै अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि ६ रनको जित निकालेपछि जारी प्रतियोगितामा अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । मूलपानी क्रिकेट मैदानमा पुलिस प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै पुलिस समूह ‘बी’ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो । प्रदेश–२ ले दिएको १ सय ७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । पुलिसको जितमा अनिल साहले अविजित रहदै सर्वाधिक ४७ रन बनाउँदा कुशल भुर्तेलले ४३, दिपेन्द्र सिंह ऐरी र अमित श्रेष्ठले समान १७–१७, सुनिल धमलाले १३ र कप्तान मन्जित श्रेष्ठ १२ रनमा नटआउट रहे । प्रदेश २ का कुमार थापा र विवेक यादवले ३–३ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो । मौसम खराबका कारण ४७ ओभरमा झारिएको खेलमा प्रदेश–२ का लागि हरिशंकर साहले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हिमान्सु दत्तले १६ रन जोडे । आदील अन्सारीले १५ रन बनाए । पुलिसका ललित राजवंशीले ४ विकेट लिए । सागर ढकालले २ तथा पवन सरार्फले १ विकेट लिए । पुलिसको जितसँगै लुम्बिनी र प्रदेश–२ प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । सोमबारकै अर्कोमा एपिएफले आर्मीविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको हो । चार खेलबाट स्पष्ट जित निकालेको एपिएफ समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्दा पराजित आर्मी उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश पाएको हो । एपीएफले दिएको २ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन बनाएको थियो । यस अघि टस हारेर ...

प्रधानमन्त्री कप क्रिकेट : आर्मी र पुलिस विजयी

काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले  प्रतियोगितामा जित हात पारेका छन् । मंगलबार भएको खेलमा आर्मीले एपीएफ र पुलिसले प्रदेश ३ लाई पराजित गरेका हुन् । त्रिवि क्रिकेट