सिगरेटसँगै हुक्का युवामाझ लोकप्रिय हुनु भविष्यका लागि खतराको संकेत हो। धेरैलाई थाहा छैन, एक पटक करिब एक घण्टा लामो हुक्का सेसनले शरीरभित्र धेरै वटा सिगरेट बराबर धुवाँ पुर्याउन सक्छ। 'सुगन्धित' वा 'फ्लेभर' भएकोले जोखिम कम हुन्छ भन्ने कुनै वैज्ञानिक आधार छैन।
काठमाडौं – ललितपुर जिल्ला कार्य समितिका सभापति जितेन्द्र कुमार श्रेष्ठले बुधबार जारी विज्ञप्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेस केन्द्रिय कार्यालयले २८–३१ मा आयोजना हुने केन्द्रिय महाधिवेशनको तालिका सार्वजनिक भइसकेको अवस्थामा उक्त विज्ञप्ति जारी गरिनु आपत्तिजनक रहेको बताएको छ । पार्टी प्रवक्ता सन्तोष राज केसीका अनुसार, उक्त विज्ञप्ति एकल निर्णयमा र पदाधिकारी तथा जिल्ला कार्य समिति सदस्यसँग […]
काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। बिहीबार प्रतितोला २ हजार रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार १ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनप्रतितोला २ लाख ६७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको जनाएकाे छ। बिहीबार सुन प्रतितोला २ लाख ६५ हजार ७ सय रूपैयाँमा काराेबार भएको […]
२५ पुस, काठमाडौं । मापद पदार्थ सेवन (मापसे) गर्दा समेत सरकारी गाडी चलाउने गरेको पाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको तथ्यांकअनुसार कूटनीतिक नियोगकादेखि सरकारी गाडीका चालकसम्मले मापसे गरेर चलाइएको पाइएको हो ।
चालु आर्थिक …
२५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस र एमालेसँग सहकार्य गर्ने विषय पार्टीपंक्ति र आम जनताले नरुचाएको बताएका छन् ।
बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै …
दार्चुला। जिल्लाका आठ स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरेका छन्। सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाबाहेक अन्य सबै स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरेका हुन्। आफ्नै प्रशासकीय भवन निर्माण गर्ने स्थानीय तहमा अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, व्यास गाउँपालिका, दुहुँ गाउँपालिका, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिका रहेका छन्। मालिकार्जुन गाउँपालिकाको प्रशासकीय भवन निर्माण […]