फेरि विघटनको कालो बादल, पाँच वर्षे कार्यकाल पूरा नगरी सम्भव छ ?

प्रमुख प्रतिपक्ष नेकपा एमालेले लगातार प्रतिनिधिसभामा अवरोध गरिरहेका कारण सत्तारुढ गठबन्धनका नेताहरुले समय अगावै चुनावको घोषणा गर्न सकिने संकेत गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय प्रतिनिधिसभाका बारेमा दिएका अभिव्यक्तिले ‘अर्ली इलेक्सन’ (समय अगावै चुनाव) को संकेत गरेको हो ।प्रचण्डले पार्टीको बैठकमा प्रतिनिधिसभा विघटनको सम्भावनालाई स