गण्डकी प्रदेश सरकारमा किचलो बढ्यो, सहमति कार्यान्वयनमा मुख्यमन्त्रीले चासो नदिएको आरोप

गण्डकी प्रदेश सरकारमा किचलो बढेको छ । कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार गठन भएको दुई सातापछि बल्ल चारमध्ये दुई मन्त्रीको कार्यविभाजन तोकिएको छ भने बाँकी दुई मन्त्रीको कार्यविभाजन तथा मन्त्रिपरिषद विस्तारमा किचलोकै कारण विलम्ब हुने देखिएको छ ।जसपा नेपालका तर्फबाट सरकारमा सहभागी विनाविभागीय मन्त्री हरिशरण आचार्यले सहमति कार्यान्वयनमा मुख्यमन्त्रीले उदासिनता देखाएको आरोप लगाए । प्रदेश सरकारलाई नैतिकवान बनाउने र नैतिक धरातलमा उभ्याउने मुख्य दायित्व मुख्यमन्त्री कै भएको उल्लेख गर्दै उनले सह