एमालेको विवाद समाधान कार्यदलको बैठक निष्कर्षविहीन, भाेलि फेरि बस्ने

काठमाण्डाै – नेकपा एमालेकाे विवाद समाधान कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ । मङ्गलवार सिंहदरबारमा झन्डै तीन घण्टा बसेको बैठकमा समस्या समाधानका विषयमा खुलेर कुराकानी भए पनि कुनै निष्कर्षमा नपुगिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।  बैठकमा दुवै पक्षका विषय खुलेर राख्ने काम भएको र सकारात्मक वातावरण बनेको उहाँले बताउनुभयो । बैठक भोलि बिहान ८ बजे फेरि बस्नेछ । यसअघि निष्क्रिय रहेको कार्यदल हिजो प्रतिनिधि सभा विघटनसम्बन्धी  मुद्दाको सुनुवाइ सकिएपछि फेरि सक्रिय बनेको हो । म...