रानीपोखरी काठमाडौँ महानगरपालिकाको स्वामित्वमा

ऐतिहासिक रानीपोखरीको पहिलो चरणको पुनर्निर्माण सम्पन्न भएसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त पोखरीको स्वामित्व काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ । रानीपोखरी परिसरमै एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले स्वामित्व महागरपालिकालाई हस्तान्तरण गरेको हो । स्वामित्व हस्तान्तरण कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरी पुनर्निर्माणको काम २०७२ सालमै महानगरपालिका आफैँले थालेको भए पनि पछि केही आरोप–प्रत्यारोपका कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पुनर्निर्माणको जिम्मेवारी दिईएको बताए । ‘रानीपोखरी पुनर्निर्माणको काम २०७२ सालमै  महानगरपालिका आफैँले सुरु गरेको थियो । ०७४ सालमा आएपछि हामीलाई आरोप–प्रत्यारोप गर्ने काम भयो । मेयरले रानीपोखरी बेचेर खायो भन्ने आरोप पनि आयो,’ प्रमुख शाक्यले भने, ‘त्यसपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मलाई बोलाएर तपाईँ यो विवादमा नफस्नुहोस् । अरु काममा लाग्नुहोस् । यसको पुनर्निर्माणको जिम्मेवारी प्राधिकरण लाई दिऔँ भन्नुभयो ।’ शाक्यले पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणले लिएपछि महानगरपालिकाको डिजाइन अनुसार नै पोखरी पुनर्निर्माण भएको बताए । ‘त्यतिबेला पनि मैले प्रधानमन्त्रीज्युलाई रानीपोखरीको डिजाइन तयारी अवस्थामा छ । त्यहि अनुसार बनऔँ भनेको थिएँ । त्यो अनुसार हुन्छ भने मात्रै सहमति जनाउँछु भनेको थिएँ’ प्रमुख शाक्यले थपे, ‘हामीले भने अनुसार नै काम गर्ने भनेपछि मैले त्यो प्रस्ताव कार्यपालिकामा राखेको थिएँ । केही साथीहरुले हामी आफैँ बनाऔँ पनि भन्नुभएको थियो । त्यतिबेला नै पुनर्निर्माणको काम सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्ने भन्ने सहमति भएको थियो । अहिले जुन रानीपोखरी बनेको छ, त्यो हाम्रो डिजाइन र सर्त अनुसार नै बनेको छ ।’ ‘महानगरपालिकाकै सल्लाह अनुसार अजय स्थापितको नेतृत्वमा उपभोक्ता समिति बनाएर पुनर्निर्माण सम्पन्न गरेको हो,’ मेयर शाक्यले भने, ‘सुरुमा पाँच जनाको उपभोक्ता समिति गठन गरी समितिको कामलाई अनुगमन गर्न काठमाडौं महानगरपालिकाले रानीपोखरीसँग जोडिएका वडा–१, २८ र २७ का अध्यक्षहरुको समिति बनाएको थियो ।’ शाक्यले मन्दिर गुम्बज शैलीमा बनाउने भनिए पनि त्यसको ऐतिहासिक र पुरातात्विक महत्वलाई ध्यानमा राखेर इतिहासको खोजी गरी महानगरपालिकाकै प्रयासमा ग्रन्थकुट (खिशर) शैलीमै पुनर्निर्माण गरेको जानकारी दिए । ‘गुम्बज शैलीलाई शिखर शैली बनाउनुपर्छ भनेर निर्णय गर्ने काठमाडौँ महानगरपालिका हो,’ उनले भने, ‘हामीले एउटा पुरानो तस्बिर फेला पारेपछि शिखर शैलीमै पुनर्निर्माण गर्ने निर्णय गरेका थियौँ । लामो समय त्यो विषय विवादमा रह्यो । सबैको सल्लाह–सुझावअनुसार अन्तिममा त्यही शैली र स्वरुपमा पुननिर्माण गर्न सफल भएका छौँ । यो गौरवको कुरा हो ।’ मेयर शाक्यले महानगरपालिकाको स्वामित्वमा आएको रानीपोखरी महागरपालिकाको मात्रै सम्पत्ति नभई राष्ट्रको सम्पत्ति भएको बताए ।  राष्ट्रपति विद्यादेवी भणडारीबाट शिलान्यास भएको रानीपोखरी केही समय अघि उद्घाटन भएको थियो ।  ऐतिहासिक मात्रै होइन, साँस्कृतिक, पुरातात्विक र ऐतिहासिक प्रेम काहानीसँग पनि जोडिएको पोखरी विश्वका लागि पनि उदाहरणीय पोखरी भएको भन्दै शाक्यले पोखरी पुर्ननिर्माण सम्पन्न भइ हस्तान्तरण हुँदा आनन्दित भएको  बताए । शाक्यले करीब ३ सय ६० वर्षअघिको सम्पदाको मौलिकता जोगाउँदै पुनर्निर्माण गर्ने काम चुनौतिपूर्ण भएको बताए । रानीपोखरी पुनर्निर्माणको काम उपभोक्ता समिति गठन गरी २०७५ साल फागुन २० गतेबाट पुनर्निर्माणको काम शुरु भएको थियो । पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले पनि काम प्राधिकरणले गरे पनि काठमाडौँ महानगरपालिकाकै सल्लाह अनुसार काम गरेको जानकारी दिए । पुनर्निर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालले पोखरी पुनर्निर्माणका लागि उपभोक्ता समितिमार्फत ८ करोड १५ लाख र पहिलो चरण अन्तर्गत नै सौदर्यीकरण, बालगोपालेश्वर मन्दिर निर्माण, पुल निर्माणलगायतका लागि १७ करोड ४५ लाख गरी करीब २६ करोड लगानीमा रानीपोखरी निर्माण भएको जानकारी दिए ।

सम्बन्धित सामग्री

रानीपोखरी खुलेपछि... (तस्वीरहरू)

काठमाडौंको रानीपोखरी क्षेत्र योग तथा ध्यान गर्नेहरूका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।

सर्वसाधारणका लागि खुल्यो रानीपोखरी

जमलस्थित रानीपोखरी सर्वसाधारणका लागि खुला भएको छ । दैनिक बिहान ६ देखि आठ बजेसम्म दुई घन्टाका लागि रानीपोखरी खुला गरिएको हो ।रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको हो । यसअघि तिहार र छठको...

रानीपोखरी सबै नागरिकका लागि खुला

काठमाण्डौ, चैत ११ । ऐतिहासिक रानीपोखरी सबै नागरिकका लागि खुलेको छ । काठमाण्डौ महानगरपालिकाका अनुसार बिहान ६ देखि ८ बजेसम्म शुल्क नतिरी रानीपोखरीको अवलोकन गर्न सकिने छ । पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक नागरिकका लागि निःशुल्क खुला गरिएको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार गएको फागुन २८ गतेदेखि रानीपोखरी खुला गरिएको हो । नागरिकलाई साँस्कृतिक सम्पदाहरु […]

भक्तपुरमा पनि छ है रानीपोखरी

काठमाडौंमा रहेको ऐतिहासिक रानीपोखरी पुनःनिर्माण सम्पन्न भएसंगै भक्तपुर जिल्लाको सल्लाघारीमा रहेको रानीपोखरी हालै पुनःनिर्माण सम्मन्न गरेको भएको छ । तस्वीर, रत्न श्रेष्ठ, रासस

पुनः निर्माणपछि रानीपोखरी

भक्तपुर जिल्लाको सल्लाघारीमा रहेको हालै पुनः निर्माण सम्पन्न गरेको प्रसिद्ध रानीपोखरी । तस्बिर : रत्न श्रेष्ठ, रासस

एक महिनासम्म रानीपोखरी सरसफाइ अभियान

विश्व सरसफाइ अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन् । पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन् ।रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरुले दिनको तीन पटकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाई अभियन्ता राजमान मानवले जानकारी दिए । उनले २०१५ सालमा […]

रानीपोखरी सरसफाइ अभियान सुरु

विश्व सरसफाइ अभियन्ताले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन् ।पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरूले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन् । रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरूले दिनको तीन पटकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाइ अभियन्ता राजमान मानवले जानकारी दिए । उनले २०१५ सालमा […]

अभियन्ताहरुद्वारा रानीपोखरी सरसफाई अभियान सुरु

विश्व सरसफाई अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाई अभियान सुरु गरेका छन्। ४ पुसदेखि ४ माघसम्म अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाई अभियान सुरु गरेका हुन्। रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक...

काठमाडौंको भन्दा जेठो भक्तपुरको रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा

भक्तपुर : रानीपोखरी भन्ने बित्तिकै धेरैले काठमाडौँकै रानीपोखरी सम्झन्छन्। तर, यो कथा काठमाडौँको नभइ भक्तपुरको रानीपोखरीको कथा हो। भक्तपुरको रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। काठमाडौंको रानीपोखरी पुनर्निर्माण हुँदै गर्दा भक्तपुरमा पनि रानीपोखरी निर्माण कार्यले गति लिइरहेको थियो। धेरै समय ओझेलमा परेको यो रानीपोखरी छिट्टै सर्वसाधरणका लागि खुल्ला गर्ने…

लेउले भरियो रानीपोखरी (तस्बिरसहित)

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई कुनै बेला एउटा चुनौति थियो रानीपोखरी पुनर्निर्माण कसरी गर्ने र पहिलाकै अवस्थामा कसरी फर्काउने भन्ने ? प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले  भनेका थिए, ‘रानीपोखरी हरेक व्यक्तिको आस्था...