काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा कलाकारहरु अर्पण थापा, केकी अधिकारी, सलोन बस्नेतलगायतले गीतबारे चर्चा गरे । ‘जोमसोमको डाँडैमा हिउँ खेल्न जाने कि’ बोलको उक्त गीतले फिल्ममा पात्रको मनोदशा र सम्बन्ध निर्माणमा भूमिका खेलेको छ । […]