मोरङ – विराटनगर महानगरपालिका र बुढीगंगा गाँउपालिकामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बिहीबार राती महानगरपालिका– ११ रामपुरमा ट्याक्टरको ठक्करबाट साइकल चालकको मृत्यु भएको मोरङ ट्राफिकले जनाएको छ। मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार रामपुरमा को२त ७१३९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा महानगर ११ का मुन्ना सहनीको मृत्यु भएको हो। अर्को […]