रुसी राष्ट्रपति पुटिन के अस्वस्थ छन् ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ । बेलायती पत्रिका दी सनले दाबी गरेअनुसार पछिल्लो समय पुटिन बिचलित र अस्थिर देखिएका छन् । ओर्थोडक्स इस्टरको अवसरमा मध्यरातमा चर्चमा मैनबत्ती समात्दै गर्दा पुटिन अस्थिर देखिन्थे । यसलाई लिएर उनमा पार्किन्सन वा टर्मीनल क्यान्सर भएकोसमेत अनुमान गरिएको छ । यसअघि सार्वजनिक भएको एउटा भिडियोमा ६९ वर्षीय पुटिन टबेल समाएर खुट्टा बजारेको देखिन्छन् । सोही भिडियोलाई लिएर रुसी प्रशासन क्रेमलिनले उनको स्वास्थ्यम