राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीको कार्यकक्ष बनाउन १० लाख खर्च

१८ साउन, काठमाडौं । मुख्यसचिवबाट राजीनामा दिई राष्ट्रिय सुरक्षा परिषद्को सुरक्षा सल्लाहकार बनेका शंकरदास बैरागीको कार्यकक्ष बनाउन १० लाख रुपैयाँ खर्च गरिएको छ । अर्थ मन्त्रालयले राष्ट्रिय सुरक्षा परिषद्का नाममा असार २०८० मा यो रकम रकमान्तर गरेको हो । मन्त्रालयका अनुसार उनको कार्यकक्ष व्यवस्थापनका लागि यो रकम रकमान्तर निकासा भएको हो ।