दिगो विकासमा चुक्दै हामी

अहिले सबै अर्थशास्त्रीहरू दिगो विकासको वकालत गर्छन् । तर, बन्दै गरेका कैयौं पूर्वाधारको अवस्था नियाल्ने हो भन यो पक्षलाई बेवास्ता गरेको पाइन्छ । लाप्राकको बस्ती निर्माणका लागि गैरआवासीय नेपालीहरूको संस्थामार्फत शेष घलेको अगुवाइमा पुरानो बस्तीभन्दा माथि गुम्सी पाखा छनोट गरेर काम अगाडि बढ्यो । बस्तीको निर्माण कार्य सकिएपछि भाइरल भएका फोटोमा झट्ट हेर्दा निकै राम्रा सलाइका बट्टाहरू मिलाएर राखिएका जस्ता घरहरू देखिन्थे । शेष घलेको निकै तारिफ पनि भयो । तर, त्यो बस्तीमा लाप्राकीहरू बस्न मानेनन्, पुरानै ठाउँमा आफ्नै ढंगले संरचनाहरू बनाएर बसे । नयाँ घरहरू आलु थुपार्न अप्ठ्यारो, भेडा थुन्न असहज थिए । ट्वाइलेट र ढलको गतिलो व्यवस्था पनि थिएन । स्थानीयको अवस्थालाई सम्बोधन नगरी बनाइएका यस्ता संरचना अर्थहीन हुन्छन् र तिनले दिगो विकासमा खासै सहयोग गर्दैनन् । राजनीतिक पहुँच, सामाजिक हैसियतकै लाभ लिएर इन्जिनीयरिङ र भौगर्भिक अध्ययन नै नगरी आफ्नो अनुकूलतामा बाटो सोझ्याउँदा समाजकै अर्को निमुखा थप पीडित बनेका उदाहरणहरू पनि थुप्रै छन् । यस्ता कार्यले समाजमा अन्ततः द्वन्द्व बढाउँदै लैजान्छ । पिछडिएको समुदायलाई माथि उठाउन कुनै न कुनै कार्यक्रममार्फत सम्बोधन गर्ने वा त्यसबाट लाभान्वित गराउने आशयले सहयोग अनुदान दिनु राम्रो हो । तर, त्यस्ता कार्यक्रम लक्षित समुदाय/वर्ग सुहाउँदो छ कि छैन भन्ने ख्याल नगर्दा त्यो असफल र व्यर्थ पनि हुन जान्छ । ठूलो धनराशिको नोक्सानीसमेत हुने गरेको छ । विकास निर्माणका यही काममा ध्यान नदिँदा समाजमा ठूलै विग्रह हुने गरेको पनि पाइन्छ । दिगो विकास चाहने हो भने स्थानीय जनता र स्थानीय स्रोत पहिलो प्राथमिकतामा पर्नैपर्छ । नेताको राजनीतिक लाभ हेरेर बनाइएका आयोजनाहरू दिगो विकासका लागि उल्टो साबित भएका छन् । यसमा नेपाल सरकारको ध्यान कहिले जाला ? दिनेश देवकोटा नयाँबजार, काठमाडौं ।

सम्बन्धित सामग्री

दिगो विकासमा चीनको छलाङ

चिनियाँ कम्युनिस्ट पार्टीको दूरदर्शी नेतृत्वमा बेइजिङले गरिबी निवारण गर्न, उच्च गुणस्तरीय विकासलाई अगाडि बढाउन र जनताको भलाई सुधार गर्न जनकेन्द्रित दृष्टिकोण अपनाएको छ, जुन संयुक्त राष्ट्रसंघ दिगो विकास लक्ष्यसँग मेल...

सरकारले दिगो विकासमा ध्यान दिनुपर्छ : बामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले वर्तमान सरकारले मुलुक भित्र नै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताउनुभएको हो । […]

खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्दा देश गरिब भयाे : वामदेव गाैतम

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।  आज मङ्गलवार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले वर्तमान सरकारले देशभित्र नै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताउनुभएको हो । उहाँले नेपालमा खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकाले देश गरिब भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।  सांसद गौतमले खाद्यान्न, फलफूल, औषध...

स्थानीय तहको गुनासोः शिक्षा क्षेत्रको विकासका लागि बजेटको कमी भयो

काठमाडौँ – संघीय सरकारले आवश्यक बजेटको व्यवस्था नगरेकाले शिक्षामा दिगो विकास लक्ष्य हासिल हुने गरी काम गर्न कठिनाइ भइरहेको स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन्। गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका कोषाध्यक्ष उमेश भट्ट र पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेलगायतले राज्यले आवश्यक बजेटको व्यवस्था गर्न नसक्दा दिगो विकास लक्ष्य हासिल हुने गरी शिक्षा क्षेत्रको विकासमा काम गर्न कठिनाइ […]

क्षमता विकासमा लाग्न स्थानीय तहकाे नेतृत्वलाई देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्षमता विकासमा लाग्न स्थानीय तहका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ । राजधानीमा आज आइतबारदेखि सुरू भएको गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्ताे आग्रह गर्नुभएको हाे । प्रधानमन्त्री देउवाले क्षमता विकास नहुँदा भ्रष्टाचार तल्लो तहसम्मै पुगेको बताउनुभयो । उहाँले स्थानीय तहमा भ्रष्टाचार न्यूनिकरण र दिगो विकास लक्ष्य अनुसार योजना […]

दिगो विकास लक्ष्य हासिल गर्न अमेरिकाको सहयोग निरन्तर

काठमाडौं । अमेरिकी राजदूत डिन थम्पसनले मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, निर्वाचन, आर्थिक विकासलगायतका विषयमा छलफल भएको बताइएको छ । प्रचण्डको सचिवालयका अनुसार भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिकाको सराहना गर्नुभएको […]

दिगो विकास लक्ष्य हासिल गर्न अमेरिकाको सहयोग निरन्तर

काठमाडौं । अमेरिकी राजदूत डिन थम्पसनले मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, निर्वाचन, आर्थिक विकासलगायतका विषयमा छलफल भएको बताइएको छ । प्रचण्डको सचिवालयका अनुसार भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिकाको सराहना गर्नुभएको […]

दिगो विकासमा सार्वजनिक तथा निजी क्षेत्र

दिगो विकास आफंैमा कुनै पनि क्षेत्रको विनाश नगरी दीर्घकालीन प्रभाव रहनेगरी गरिने विकास हो, जसले वर्तमानलाई मात्र नभएर भावी पुस्तालाई पनि आवश्यकता परिपूर्तिको माध्यमका रूपमा कार्य गर्छ । दिगो विकासको मुख्य लक्ष्य भनेको पृथ्वीमा रहेको साधन र स्रोत विनाश नगरी आर्थिक र सामाजिक विकास गर्दै मानिसको कल्याणमा ध्यान दिनु हो । विकास निर्माणका कार्य सञ्चालन […] The post दिगो विकासमा सार्वजनिक तथा निजी क्षेत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लैंगिकमैत्री जलवायु प्रविधि विकासमा जोड

सरोकारवालाहरुले लैंगिकमैत्री जलवायु प्रविधिको विकासमा जोड दिन आवश्यक रहेको बताएका छन् ।पछिल्लो समय बढ्दै गएको जलवायु परिवर्तनको प्रभाव सबैभन्दा बढी महिलाको जिवनस्तरमा पर्ने भन्दै उनीहरुले लैंगिकमैत्री जलवायु प्रविधि विकास गर्न आवश्यक रहेको बताएका हुन् । दिगो विकास संस्थाद्वारा बिहीबार राजधानीमा आयोजिक कार्यक्रममा सरोकारवालाहरुले जलवायु परिवर्तनको सबै भन्दै बढी प्रभाव महिलामा परेको बताएका छन् ।बेलायतस्थित स्कटल्याण्डको […]

सांसद्हरूको एउटै स्वर : ‘दिगो विकासमा कानून बाधक देखियो’

काठमाडौं । दिगो विकास लक्ष्य प्राप्त गर्न विद्यमान कानूनहरू बाधक रहेको सांसद्हरूले बताएका छन् । संघीय संसद् राष्ट्रिय सभाअन्र्तगतको दिगो विकास तथा शुसासन समितिका सदस्यहरूले विद्यमान कानून दिगो विकास लक्ष्य अनुकूलका नभएकाले विकासको लक्ष्य प्राप्त गर्न बाधक देखिएका कानूनहरूलाई हटाई छुट्टै कानून ल्याउनुपर्नेमा जोड दिएका हुन् । अधिकांश कानून संघीय संरचनामा लैजान पञ्चायती कानूनमा आनुसांगिक मिलाउने मात्रै काम भएको भन्दै विद्यमान कानूनलाई दिगो विकासको लक्ष्यबाट अध्ययन गर्नुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ । मंगलवार सिंहदरबारमा बसेको बैठकमा उनीहरूले दिगो विकास लक्ष्य प्राप्त गर्न छुट्टै र विशेष कानून ल्याउनुपर्ने भन्दै त्यसतर्फ आवश्यक पहल गर्न सभापतिको ध्यानाकर्षण गराए । समिति सदस्य दीनानाथ शर्माले आनुसांगिक मात्रै मिलाएका कानूनमा संशोधन गर्नुभन्दा छुट्टै कानून ल्याउनुपर्ने सुझाव दिए । समिति सदस्य महेशकुमार महराले विकास लक्ष्य प्राप्तिका लागि संविधान अनुकूल बनाउन संशोधन गर्ने अथवा समितिले छुट्टै उपसमिति बनाएर केके कानून संशोधन गर्नुपर्छ भनेर अध्ययन गर्नुपर्ने बताए । ‘कति कानून संविधान अनुकूल बनाउनुपर्नेछ वा नयाँ कानून बनाउनुपर्नेछ भन्नेमा समितिले विज्ञसहितको उपसमिति बनाएर अध्ययन गर्नुपर्ने हुन्छ । त्यसतर्फ सभापतिको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने । समिति सदस्य गंगा बेल्बासेले दिगो विकास लक्ष्यका लागि विधेयक नै ल्याउन सरकारले तयारी गर्नुपर्ने बताइन् । त्यस्तै, समितिका अर्का सदस्य विमला घिमिरेले अहिले बनिसकेका कतिपय कानून कार्यान्वयनमा समस्या भएको स्मरण गराउँदै प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिनुपर्ने बताइन् । सांसद शारदा देवी भट्टले विद्यमान कानून संशोधन भएमात्रै दिगो विकास लक्ष्य प्राप्त गर्न सकिने भन्दै त्यसतर्पm समितिले पनि थप सक्रियता देखाउनुपर्ने बताइन् । ‘राणा शासनदेखि विद्यमान रहेको कानून संशोधन हुनुपर्छ तब मात्रै दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सजिलो हुन्छ,’ उनले भनिन् । छलफलपछि समितिले विद्यमान कानूनहरूलाई दिगो विकास लक्ष्यअनुरूप संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिमा करीब साढे ३ सयओटा विद्यमान कानूनहरूमा संशोधन आवश्यक रहेको विषयसमेत उठेको थियो । अधिकांश कानूनहरू नयाँ संविधान जारी हुनु पहिला, दिगो विकास लक्ष्य अनुमोदन गर्नुपूर्व बनेकाले ती कानूनले दिगो विकासका लक्ष्यहरूलाई सम्बोधन गर्न नसक्ने ठहर समितिले गरेको छ ।