काठमाडौँ : केपी ओली कप प्रतियोगितामा न्युरोड टिम (एनआरटी)ले थ्रीस्टार क्लबलाई १–० ले पराजित गरेको छ। जितसँगै एनआरटी प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि खेलको २९ औं मिनेटमा विवेक गुरुङले गोल गरे। उनको गोल नै जितका लागि निर्णायक बन्यो।आजको खेलमा एनआरटीसँग पराजित भएसँगै थ्रीस्टार क्लब प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगिताको पहिलो खेलमा केपी ओली क्लब विजयी भएको थियो।प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ