अनलाइनबाट परीक्षा सञ्चालन गर्न माग गर्दै हेटौंडाको वन विज्ञान क्याम्पसमा तालाबन्दी

२६ साउन, काठमाडौं । अनलाइनबाट परीक्षा सञ्चालन गर्न माग गर्दै वन विज्ञान अध्ययन संस्थान हेटौंडाको डिन कार्यालयमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा कोरोना संक्रमण देखिने क्रम बढ्दै गएकाले भौतिक उपस्थितिमा परीक्षा सञ्चालन नगर्न माग गर्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अनेरास्ववियू (क्रान्तिकारी) ले  डीन कार्यालयमा मंगलबारबाट अनिश्चितकालका लागि तालाबन्दी गरेका […]

सम्बन्धित सामग्री

सबै जिल्लामा लाईसेन्स परीक्षा सञ्चालन गर्न माग

ड्राइभिङ स्कुल संघले गण्डकी प्रदेशका सबै जिल्लामा लाईसेन्स परीक्षा सञ्चालन गर्न माग गरेको छ। यसले सरकारलाई अग्रिम राजश्व बुझाउने कार्यालयमा हुने भीड कम गर्न र सर्वसाधारणलाई आफ्नै गृहजिल्लाबाट सेवा लिन पाउने अवसर सृजना गर्ने उनीहरुको भनाई छ।...

सवारी लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि लागू गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मुलुकभर लागू नगरिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता विमल पोखरेलले गण्डकी, लुम्बिनी, एक नम्बर र सुदुरपश्चिम प्रदेशमा मात्रै निर्देशिकाबमोजिमको व्यवस्था लागू भएर परीक्षा सञ्चालन भएको भन्दै मंगलबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् । उत्प्रेषणयुक्त परमादेश माग गर्दै पोखरेलले श्रम रोजगार […]

लोक सेवालाई परीक्षा सञ्चालन गर्न बाटो खुल्यो

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि लोक सेवा आयोगलाई परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले लोकसेवा आयोगलाई परीक्षा रोक्नु भन्ने माग भएको रिट निवेदन खारेज गरेसँगै आयोगका परीक्षाहरू सञ्चालन गर्ने बाटो खुलेको हो […]

सर्वोच्चको फैसलापछि लोकसेवालाई परीक्षा सञ्चालन गर्न बाटो खुल्यो

७ भदौ, काठमाडौं । कर्मचारी समायोजनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाएपछि लोकसेवा आयोगलाई परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले लोकसेवा आयोगलाई परीक्षा रोक्नु भन्ने माग भएको रिट निवेदन खारेज गरेको हो । ‘लोकसेवा आयोगको परीक्षा रोक्नू […]

कर्णाली प्रदेश लोक सेवा आयोगद्वारा परीक्षा सञ्चालन

मुलुकमा संघीयता संरचना कार्यान्वयनमा आएपछि कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेत पहिलो पटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तरगत खुला तथा समावेशी सहायकस्तर पाँचौ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो । प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित आयोगले खोलेको महिला विकास निरीक्षक पदको ५१५–५१६/७८/०७९ को विज्ञापन अनुसार खुलामा आठ र महिलातर्फ एक गरी नौ कर्मचारी माग गरेको थियो । सो विज्ञापन अनुसार शनिबार सञ्चालित परीक्षामा दुई हजार १९७ पर

त्रिवि सेवा आयोगको परीक्षा तत्काल गर्न अनेरास्ववियुको माग

काठमाडौँ । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिका आधारमा तत्काल खुला गर्न माग गरेको छ । अनेरास्ववियुले सेवा आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार निर्धारत समयमै उपप्राध्यापक र अरू पदको परीक्षा सञ्चालन गर्न माग गरेको हो । अध्यक्ष सुनिता बरालले बिहीबार एक विज्ञप्ति जारी गरी खुला प्रतिस्पर्धाबाट डराएर आंशिक शिक्षकको नाममा तालाबन्दी […]

वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न माग

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न सरकारसँग माग गरेको छ । बिहीबार संघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । उनले कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको समयमा स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना नगरी परीक्षा सञ्चालन गरिएको भन्दै परीक्षा सञ्चालनमा...

भौतिक परीक्षा बन्द गरेर अनलाइनबाट लिन माग गर्दै विद्यार्थी आन्दोलित

काठमाडौं, ५ माघ । बानेश्वरस्थित कान्तिपुर इन्टरनेसनल कलेज परिसरमा विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् । पुर्वाञ्चल विश्वविद्यालयको बिए एलएलबी चौथो सेमेस्टर तहको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने माग राख्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् । कोरोना संक्रमण बढिरहेको वेला भौतिक रूपमा परीक्षा सञ्चालन गराएको भन्दै विद्याथीहरु आक्रोसित भएका छन् । परीक्षा सञ्चालन हुने समयमा होहल्ला गरेको भन्दै प्रहरीले […]

लाईसेन्सको परीक्षा सञ्चालन गर्ने तयारी

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। कोरोनाभाइरस महामारीका कारण स्थगित भएको परीक्षा अबको केहि दिनमै सुरु गर्ने तयारी भएको हो । तत्काल नयाँ आवेदन माग गर्ने सम्भवना भने कम रहेको विभागले जनाएको छ। झन्डै छ लाखले परीक्षाका लागि निवेदन दिएपनि परीक्षा भएको छैन ।

खोप लगाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्न माग

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले विद्यार्थी र शिक्षक–कर्मचारीका लागि अविलम्ब खोपको व्यवस्थापन गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १२ को परीक्षा सञ्चालन गर्न माग गरेको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आज विज्ञप्ति जारी गरी खोप व्यवस्थापनसहित १५ दिनको अवधि राखी तत्काल उक्त परीक्षा सञ्चालन गर्ने कार्यक्रम प्रकाशित गराई परीक्षाको सुनिश्चिता कायम […]