नेकपा एमालेका नेता रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् ।
चितवन भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीले निर्णय गरे प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताएका हुन् ।
‘पार्टीले निर्णय गरिसकेको छैन, निर्णय गरे प्रचण्ड भर्सेज बादल पनि हुन सक्छ ।’
यसअघि २०६४ मा बादलले चितवनबाटै चुनाव जितेका थिए । २०७० मा उनी निर्वाचनमा भाग लिएनन् । २०७४ मा भने राष्ट्रियसभामा निर्वाचित भएका थिए ।