आज टुँडिखेलमा 'गुरुमापा राक्षस'लाई भात खुवाउने जात्रा मनाइँदै

काठमाण्डाै - काठमाण्डौ किलाघलका स्थानीयबासिन्दाले आज बेलुकी गुरुमापा राक्षसलाई भात खुवाउने जात्रा मनाउँदैछन् । हरेक वर्ष फागु पूर्णिमाको रातमा काठमाण्डौको टुँडिखेलमा गुरुमापालाई भात खुवाउने    जात्रा मनाउने परम्परा छ । आज बेलुकी ११ बजेतिर किलाघल टोलबाट भातसहित चौरासी व्यञ्जनकाे परिकार तयार गरेर ५, ६ सय स्थानीय बासिन्दाको लावालस्करसहित टुँडिखेलमा गुरुमापालाई भात दिन जाने कार्यक्रम भएको किलाघल टोलका मचाराजा महर्जनले बताउनुभयो । किलाघल टोलका स्थानीय बासिन्दाले एक मुरी चामलको भ...