सचिवहरूलाई प्रचण्डको चेतावनी : सेवा लिन लाइन लाग्नुपर्ने अवस्था एक महिनामा नहटे कारबाही

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कार्यालयहरूमा सेवाग्राहीले सेवा लिन भोग्नुपरेको सास्ती एक महिनाभित्र पनि नहटे जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन्। सोमबार र मंगलबार मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको ब्रिफिङ सुनेपछि निर्देशन दिँदै प्रचण्डले यस्तो चेतावनी दिएका हुन्। ‘अब सरकार गठनको एक महिनाभित्र राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी), सरकारी अस्पतालमा विरामी