१९ वैशाख, नेपालगन्ज । बाँकेको कोहलपुरमा चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक रेसिङ सहारा क्लबले पाहुना पञ्चकोशी युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको …
इटहरीमा सञ्चालित श्री जनसहयोग माध्यमिक विद्यालय २०५० सालको एलएलसी समूहद्वारा आयोजित दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल साह प्रथम भएका छन्।
सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलगायत पदाधिकारीहरू अध्यादेशमार्फत पदमुक्त गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति भुपेन्द्रकुमार बस्नेतसहित रेक्टर डा. लोभन कार्की, रजिष्ट्रार डा. ज्ञानेन्द्र शाह र डिन डा. अशेष ढुंगानालाई पदबाट हटाइएको उल्लेख छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विक्रमप्रसाद श्रेष्ठसहित रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकलाई समेत पदबाट हटाइएको छ ।
१९ वैशाख, काठमाडौं । नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा भइरहेको दोस्रो राष्ट्रिय बेसबल ५ च्याम्पियनसिपको दोस्रो दिनको खेलहरू सकिएसँगै सेमिफाइनलको समिकरण तयार भएको छ ।
डल्लुस्थित भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलमा भइरहेको प्रतियोगितामा आज भएका …
१९ वैशाख, काठमाडौं । नेपाल ब्याडमिन्टन संघको १३औं कार्यसमिति बैठकले प्रवक्ता नियुक्त लगातयत महत्वपूर्ण सांगठनिक निर्णयहरू गरेको छ ।
बैठकले संघको आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारीसहित सचिव बेनुप राज खत्रीलाई प्रवक्ता नियुक्त गरेको छ ।
संघले ‘४२औं …