बाराको महागढीमाई नगरपालिका–५ दहियारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मोटरसाइकल चालक पर्साको अलौटोलका ३५ वर्षीय रामबाबु साह र पछाडि सवार सर्लाहीको सेखौनाका अन्दाजी २८ वर्षीय अरविन्द कुमार कुशवाहा घाइते भएका थिए । घाइते दुबैको राजलक्ष्मी अस्पताल कलैयामा उपचार भैरहेकोमा कुशवाहाको मृत्यु भएको हो । साहलाई थप उपचारको लागी न्युरो अस्पताल वीरगन्ज पठाइएको छ । दहियारबाट गन्जभवानीपुर तर्फ जाँदै गर