विदेश पलायन हुँदै उद्योगी व्यवसायी

चितवन, २६ असार । कोभिड– १९ र त्यसपछिको आर्थिक तलरलताका कारण यहाँका उद्योगी व्यवसायी विदेश पलायन हुन थालेका छन् । कोरोनाले थला पारेको व्यवसायलाई केही उकास्न सकिन्छ कि भनेर कोसिस गर्दासमेत उद्योग व्यवसाय चल्न नसकेपछि उनीहरु विदेश पलायन भएका हुन् । कर्मचारी राखेर तलब खुवाउन र घर वाहलकरसमेत तिर्न नसक्ने अवस्था आएपछि व्यवसायी विदेशिन बाध्य […]

सम्बन्धित सामग्री

अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा अन्योल र निराशा र जनता विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको बताएका छन्।

अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा अन्योल र निराशा र जनता विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको बताएका छन्।

मिथिलाञ्चलमा ऐतिहासिक नाच लोप हुन थालेपछि स्थानीय कलाकारहरु विदेश पलायन हुँदै

सप्तरी – मिथिलाञ्चलको इतिहास, संस्कृति तथा लोकगाथासँग जोडिएका ऐतिहासिक तथा प्राचीन लोकनाच दिन प्रतिदिन लोप हुन थालेपछि यहाँका कलाकारहरु पनि विदेश पलायन हुन थालेका छन् । सातौँ तथा आठौँ शताब्दीदेखि प्रचलनमा रहेका मिथिला क्षेत्रको ऐतिहासिक तथा प्राचीन लोकनाचहरु राजा सहलेस, शितवसन्त, रुनाझुना, जङगली बादशाह, गोपीचन्द कुँवर वृजभान, सुन्दर वनको सुन्दर फूल, अल्लाह रुदल, गुगलीघाट, सामाचकेवा, कमलामैया, जयविसहरा, दुलहा दयालसिंहजस्ता नाचहरु लोप हुन थालेका हुन् । गएको चार दशकदेखि यस्तो नाच देखाउँदै आएका सप्तरीक...

जनशक्ति अभाव खेप्दै पोखराका होटल

युवापुस्ताको विदेश पलायन बढ्दै जाँदा पोखराका होटलमा कामदार अभाव खड्किन थालेको छ। कोरोना भाइरस संक्रमणले बिस्थापित सबै कामदार पर्यटन क्षेत्रमा नफर्किदा जनशक्ति अभाव बढ्दै गएको थियो। त्यसैमाथि कार्यरत जनशक्ति विदेश पलायन हुँदै गएको र नयाँ जनशक्ति पर्यटन क्षेत्रमा आकर्षित नहुँदा कामदार अभाव बढ्दै गएको व्यावसायीले बताएका छन्।

जनशक्ति अभाव खेप्दै पोखराका होटल

युवापुस्ताको विदेश पलायन बढ्दै जाँदा पोखराका होटलमा कामदार अभाव खड्किन थालेको छ। कोरोना भाइरस संक्रमणले बिस्थापित सबै कामदार पर्यटन क्षेत्रमा नफर्किदा जनशक्ति अभाव बढ्दै गएको थियो। त्यसैमाथि कार्यरत जनशक्ति विदेश पलायन हुँदै गएको र नयाँ जनशक्ति पर्यटन क्षेत्रमा आकर्षित नहुँदा कामदार अभाव बढ्दै गएको व्यावसायीले बताएका छन्।

धमाधम पलायन हुँदै उद्यमी

चितवन। पछिल्लो समय मुलुकमा देखिएको आर्थिक सुस्तीका कारण चितवनका उद्योगी व्यवसायी पलायन हुन थालेका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याज, विभिन्न कर, भाडालगायत खर्च धान्न नसकेपछि कतिपय उद्योगी व्यवसायी विदेश पलायन भएका छन् भने कतिपयले व्यवसाय छाडेर विकल्पको खोजी गरेका छन् । उत्पादनअनुसार बजार माग नहुँदा उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन् । चितवनमा विशेषगरी पोल्ट्री, निर्माण सामग्रीका उद्योग व्यवसाय एवं फेन्सी पसलमा आर्थिक सुस्तीको बढी असर परेको व्यवसायी बताउँछन् । कोराना महामारीपछि अधिकांश व्यवसाय धराशयी बन्दै गएका थिए । त्यसपछि व्यवसाय छाड्ने र विदेश पलायन हुनेहरू बढेको उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । ‘उद्योगी व्यवसायी आशावादी भए पनि व्यवसायमा कुनै सुधार भएन, जसले गर्दा कतिपयले व्यवसाय नै परिवर्तन गर्न थालेका छन् । केही उद्यमी व्यवसायी विदेशिएका छन् ।’ बैंकको चर्को ब्याज, दोहोरो तेहरो कर, भाडा र अन्य सञ्चालन खर्च धान्न नसकेपछि व्यवसाय नै छाडेर अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापानलगायत मुलुक जानेहरू बढेको उनले बताए । ‘आर्थिक व्यावसायिक गतिविधिमा सुधार नभए धेरै उद्योगी व्यवसायी विदेश पलायन हुनेछन्,’ उनले भने । उपभोक्ताको क्रयशक्ति घटेकाले उत्पादित वस्तुको विक्री तथा खपतमा ह्रास आएको र सोही कारण उद्योग व्यवसाय चल्नै नसक्ने अवस्थामा पुगेको श्रेष्ठले बताए । ‘एकातिर आर्थिक गतिविधि सुस्त छ, अर्कोतिर सरकारको नीति उद्योग व्यवसायमैत्री छैन । व्यवसाय गरेर टिक्नै नसक्ने अवस्थामा आएपछि विदेश पलायन हुनु, विकल्प खोज्नु स्वाभाविक हो,’ उनले भने, ‘तर यसले निम्त्याउने असरबारे सरकारले केही सोचेको छैन । यसले सरकारको राजस्वमा मात्रै होइन, समग्र अर्थतन्त्रमै गम्भीर प्रभाव पर्नेछ ।’ हालै सरकारले न्यूनतम पारिश्रमिक समेत बढाएकाले उद्योग व्यवसाय थप प्रभावित हुने उनको भनाइ छ । चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेलले केही महीना अघिदेखि नै उद्योगी व्यवसायी विदेश पलायन हुन र विकल्प खोज्न थालेको बताए । उनका अनुसार आर्थिक सुस्तीको सबैभन्दा बढी असर पोल्ट्री व्यवसायमा परेको छ । त्यसपछि निर्माण सामग्री उद्योग धेरै मारमा परेका छन् । हाल यी क्षेत्रका उद्योग व्यवसाय ३० देखि ५० प्रतिशत क्षमतामा मात्र चलेको उनको भनाइ छ । आर्थिक सुस्तीको असर खुद्रा तथा साना व्यवसायमा समेत परेको छ । बाह्रै महीना भीडभाड हुने पसलहरू हिजोआज सुनसानप्राय: देखिन्छन् । लत्ताकपडा, सुनचाँदी, खाद्यान्नलगायत पसलमा ग्राहक फाट्टफुट्ट मात्र आउने गरेको व्यवसायी बताउँछन् । चेम्बर अफ कमर्स, चितवनका उपाध्यक्ष गोपाल भट्टराई चितवनका उद्योगी व्यवसायीले विदेश गएर व्यापार व्यवसाय गर्न थालेको बताए ।  ‘व्यवसायमा सुधार हुन्छ भन्ने आशा र सम्भावना नै देखिएन,’ उनले भने, ‘मुनाफा कमाउनु त परको कुरा, चालू खर्चसमेत धान्न नसकिने भएपछि उद्योगी व्यवसायी विदेशिन र स्वदेशमै अन्य विकल्प खोज्न बाध्य भए ।’ अधिकांश व्यवसायी सञ्चालनमा रहेका उद्योग व्यवसाय छाड्ने कि निरन्तरता दिने भन्ने अन्योलमा रहेको भट्टराईले बताए । ‘व्यवसाय छाडौं, के गर्ने विकल्प छैन, तत्काल छाड्न सकिँदैन, नछाडौं दैनिक घाटामा चल्नुपरेको छ,’ उनले भने ।  अर्थतन्त्रमा तत्काल सुधार आउने संकेत नदेखिएको, सरकारको बजेट, नीति तथा कार्यक्रम र मौद्रिक नीतिले समेत अपेक्षित सम्बोधन नगरेको लगायत कारण भविष्य नदेखेपछि उद्योगी व्यवसायी विदेश पलायन भएको उनको भनाइ छ ।

आर्थिक मन्दीको असर : काम छोडेर विदेश पलायन हुँदै उद्योगी-व्यवसायी

चितवन । कोरानाको असरका कारण आर्थिक मन्दी चुलिैदै गएपछि चितवनका उद्योगी व्यवसायी पलायन हुंँदै गएका छन । पछिल्ला समय बैंकको व्याज, विभिन्न कर, भाडा  लगायत चालु खर्च धान्न नसकिएपछि कतिपय उद्योगी व्यवसायी विदेश पलायन भएका छन त कतिपयले व्यवसायनै छाडेर विकल्पको खोजीमा छन । उत्पादन अनुसार बजारमा उपभोग्य सामानको समेत माग नहुँदा उद्योगहरु समेत पूर्ण क्षमतामा चल्न सकेका छैनन । चितवनमा बिशेषगरी पोल्ट्री, निर्माणजन्य सामाग्रीका उद्योग एवं फेन्सी पसलमा यसको बढी असर परेको व्यवसायी बताउंँछन ।  कोरानापछि अधिकांश व्यवसाय धराशायी बन्दै गएपछि व्यवसाय छाड्ने र विदेश पलायन हुने क्रम बढेको उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ बताउंँछन । ‘उद्योगी व्यवसायले आश गर्दा गर्दा व्यवसायमा कुनै प्रगति भएन , जसले गर्दा कतिपयले बाटोनै बदले ।’ श्रेष्ठले भने ।  बैंकको व्याज, दोहोरो तेहेरो कर, भाडा र चालु खर्च धान्न नसकेपछि व्यवसायनै छोडेर उनीहरु अमेरिका , अष्ट्रेलिया क्यानलडा पलायन हुने गरेको उनले बताए । ‘राम्रै ८, १० जना व्यवसायी विदेश पलायन भएका छन । कतिपय जाने क्रममा छन । आर्थिक मन्दीमा सुधार भएन भने थप व्यवसायीहरु पलायन हुनेछन ।’ उनले भने ।  आर्थिक मन्दीपछि आम उपभोक्तासंँग क्रयशक्तिनै कमजोर हुंँदा यस्तो अवस्था आएको उनको भनाई छ । ‘एकातिर आर्थिक गतिविधि सुस्त छ , अर्कोतिर सरकारको नीति व्यवसायी मैत्री छैन । सरकारले सबै भार हामी नीजि क्षेत्रलाई नै थोपरेको छ ।’ उनले भने, । हालै सरकारले न्यूनतम पारिश्रमिक समेत बढाएकोले उद्योग व्यवसायीमा थप निराशा उत्पन्न भएको उनको भनाई छ ।  महिनौं दिनसम्म व्यवसाय घाटामा चलेको  र विकल्पको रुपमा अन्य व्यवसायमा समेत भविष्य नदेखेपछि बाध्यताले व्यवसायी विदेश पलायन हुन लागेका हुन् । चितवनमा सबैभन्दा बढी विस्थापित र पलायन पोल्ट्री र निर्माणजन्य उद्योगका व्यवसायीहरु पलायन भएका हुन् ।  चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल केही महिनादेखि उद्योगी व्यवसायीहरु विदेश पलायन भएको  र केही व्यवसायीहरुले विकल्प रोजेको बताउंँछन । उनका अनुसार आर्थिक मन्दीको सबैभन्दा बढी असर पोल्ट्रीमा छ अर्को निर्माण सामाग्री उद्योग र निर्माण कम्पनीलाई छ । ।  हाल यी क्षेत्रका उद्योग व्यवसाय ३० देखि ५० प्रतिशत क्षमतामा मात्र चलेको उनको भनाई छ ।  उद्योगमा आवश्यक पर्ने दक्ष युवाशक्ति विदेशिनु, उपभोक्तासंँग क्रय क्षमतामा ह्रास आउनु र बैंक व्याज एकल विन्दुमा नआउनुले पनि उद्योग व्यवसायी पलायन हुनु परेको उनको भनाई छ । ‘अबको तीन बर्षसम्म उद्योगीलाई निकै गाह्रो नै हुने अबस्था देखेको छु पौडेलले भने यो समयमा जो टिक्छ उ पछि चाहिंँ राम्रैसंँग स्थापित हुन्छ ।’ पौडेलले भने ।  उद्योगी तथा थोक व्यवसायीमा मात्र नभई आर्थिक मन्दीको असर खुद्रा तथा साना व्यवसायीमा समेत परेको छ ।  बाह्रैमासे भीड हुने पसल, दोकान , सडकहरु पनि हिजोहाज सुनसान जस्तै देखिन्छन ।  फेन्सी पसल, सुनचांँदी पसल र खाद्यान्न पसलमा समेत ग्राहकको उपस्थिति न्यून छ ।  चेम्बर अफ कमर्स चितवनका उपाध्यक्ष गोपाल भट्टाराई नेपाली उद्योग व्यवसायी नेपाल छाडेर विदेशमा गएर व्यापार व्यवसाय शुरु गर्न थालेको बताउंँछन । ‘यहांँ आशा र संभावना कम भयो । व्यवसायले सफलता पाउंँछ भन्ने कुनै ग्यारेन्टी पनि छैन । त्यसैले बाध्यताले पनि विदेश जान थाले ।’ भट्टराईले भने । सञ्चालनमा रहेका उद्योग व्यवसाय पनि छाड्ने कि निरन्तरता दिने भन्ने अन्योलमा अधिकांश व्यवसायी रहेको उनले बताए । ’व्यवसाय छाडौं के गर्ने विकल्प छैन , तत्काल छाड्न पनि मिल्दैन , नछाडौं दैनिक घाटामा जानु परेको अवस्था छ ।’ उनले भने ।  अबको केही बर्ष नेपालमा कुनै पनि उद्योग व्यवसायको भविष्य नदेखेकाले पनि उद्योगी व्यवसायी विदेश पलायन हुनुपरेको उनको भनाई छ ।

फुटबल जलिरहँदा बाँसुरी बजाइरहेको एन्फा

ओहो ! यस्तै विस्मात्पूर्ण प्रतिक्रिया त आउँछ, जतिबेला सुन्नुपर्ने हुन्छ, एकपछि अर्को फुटबल खेलाडी विदेश पलायन हुँदै छ भनेर । कतै कुनै दिन सहिद स्मारक लिग ‘ए’ डिभिजन सुरु हुनेछ । तर, मूल कुरा अर्कै बन्दै छ, त्यही खेलाडी पलायनको । त्यो पनि अधिकांस अस्ट्रेलियातर्फ । कुरा त नेपाल सुपर लिगको पनि छ ।

निर्वाचन नजिकिदै गर्दा युवा जनशक्ति विदेश पलायन हुँदै

काठमाडौं । दशैं र तिहार जस्ता महत्वपूर्ण चाडपर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेला सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत जान थालेका हुन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन आउन दुई साता बाँकी रहँदा उम्मेदवारहरु मतदाता रिझाउन गाउँगाउँ गएका छन् […]

नेपाली खेलाडी विदेश पलायन हुँदै

काठमाडौं ।  नेपालमा खेलेर जीविकापार्जन गर्न नसक्ने भएको भन्दै नेपाली खेलाडी विदेश पलायन भइरहेका छन् । फुटबलका दिग्गज खेलाडीदेखि लिएर टेबलटेनिस, क्रिकेट, भलिबल जस्ता लोकप्रिय खेलका खेलाडी समेत विदेश पुगेको अवस्था छ । खेलाडीकै भनाइअनुसार देशको परिस्थिति, खेलमा हुने झेल जस्ता कुराले उनीहरूलाई विकर्षण गरेको छ । फुटबलका सन्तोष तामाङ, हेमन्त रानामगर, आशिष लामा, सुमन […]