मधेस प्रदेश सरकारले पर्सा राष्ट्रिय निकुञ्ज आरक्षमा जंगल सफारी गराउँने योजना अघि सारेको छ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले २०७९/८० को विनियोजन विधेयक पेश गर्दै वन्य जन्तु अवलोकनका लागि सो सफारी गराउँने योजना अघि सारेको हो ।बारा जिल्ला स्थित पर्सा राष्ट्रिय निकुञ्जलाई वन्यजन्तु तथा पंक्षी अवलोकन, जंगल सफारीको रुपमा विकास गर्न र धनुषाधाम संरक्षित बनलाई जैविक पार्क तथा बन्य जन्तु उद्दार केन्द्रको रुपमा विकास गरी पर्यापर्यटनका कार्यक्रम सञ्चालन गर्न यथोचित बजेट विनियोजन गरेको मन्त्