लोकप्रिय मतका साथ तेस्रो प्रयासमा विश्वप्रकाश विजयी

नेपाली कांग्रेसका महामन्त्री विश्प्रकाश शर्मा भारी मतान्तरका झापा – १ बाट निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार शर्माले एमाले–राप्रपाका साझा उम्मेदवार अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका हुन् ।शर्माले ३९६२४ मत पाउँदा खरेलले २५३४९ मत मात्रै पाए । एमालेको प्रभाव क्षेत्र मानिने झापा – १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो । २०५६ को मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जितेका थिए ।शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रव