मधेस प्रदेश आर्थिक वर्ष २०७९/०८० को बजेट सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको हो ।प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गरेको आर्थिक विधेयक, २०७९ र कर तथा गैरकर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएपछि बजेट पारित भएको हो । यसअघि शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भएको थियो ।यही असार १ गते मधेस प्रदेशका अर्थमन्त्री साहले आव २०७९/०८० का लागि ४६ अर्ब ८८ करोड