छुटाउनै नहुँने आजका १३ मुख्य खबर

काठमाडौं। विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध राजधानीमा शक्ति प्रदर्शन गरेको छ। सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेपछि निष्कर्षविहीन बनेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाको अवरोधकै बीच राष्ट्रियसभा बैठक सञ्चालन भई लोकसेवा आयोगसम्बन्धी विधेयक पारित भएको छ। नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले डेडेल्धुराको वडा अधिवेशन पुनः गर्न माग गरेका छन्। युएईले नेपालमाथिको यात्रा प्रतिबन्ध हटाएको छ।