अमेरिकी पप गायिका ब्रिट्नी स्पेयर्सको चित्कार– मलाई मेरो जीवन फिर्ता देउ

बीबीसी। अमेरिकी पप गायिका ब्रिट्नी स्पेयर्सले लस एन्जलसको एक अदालतलाई व्यापार र जीवनको १३ वर्ष लामो अपमानजनक बन्धनबाट आफूलाई मुक्त गरिदिन अनुरोध गरेकी छन्। सन् २००८ मा ब्रिट्नीलाई मानसिक समस्या देखिएपछि अदालतले उनको जीवनको अहम फैसला गर्नेअधिकार बुबा जेमी स्पेयर्सलाई दिएको थियो।तर अहिले ब्रिटनी बुबाको बन्धनबाट मुक्त हुन चाहेकी छन् र उनले अदालतलाई भनेकी छन्–“मलाई मेरो जीवन फिर्ता देउ।”