देउवाको पार्टीभित्रै प्रतिपक्षी!

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकार र पार्टी नेतृत्व सञ्चालनमा चुनौती बढेको छ। पाँचदलीय गठबन्धनको तर्फबाट सरकारको नेतृत्व गरिरहेका देउवा पार्टी नेताहरूकै घेराबन्दीको कारणले समस्यामा परेका हुन्। संस्थापन इतर समूहले सरकार भ्रष्टाचारमा लागेकाे भन्दै काम, कारबाहीबारे नैतिक रूपमा प्रश्न उठाएपछि देउवालाई संकट परेको हो। गठबन्धन दलका नेता र प्रमुख प्रतिपक्षी दलको चौतर्फी दबाबमा अल्झिएका देउवालाई पार्टीका नेताले नै प्रतिपक्षको भूमिका निर