इलाम कारागारका संक्रमित कैदीको मृत्यु

इलाम : कोरोना संक्रमित इलाम कारागारका एकजना कैदीको मृत्यु भएको छ। देउमाई नगरपालिका–६ का ३५ वर्षीय कैदीको इलाम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन बिमल बरालले जानकारी दिए।बरालका अनुसार जेल सार्नका लागि झापा लग्ने क्रममा मेची अस्पतालमा टेस्ट गर्दा वैशाख २७ गते कोभिड–१९ पोजेटिभ देखिएको थियो। कोभिड संक्रमण देखिएपछि उनलाई पुनः इलाम ल्याइएको थियो।पेटको रोगी रहेका उनको इलाम अस्पतालमा नै मृत्यु भएको हो। शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको

सम्बन्धित सामग्री

कोरोना संक्रमणबाट बाँके कारागारका एक कैदीको मृत्यु

बाँके :  कैद भुक्तानका लागि कारागार कार्यालय नेपालगन्जमा रहेका एक कोरोना संक्रमित कैदीको मृत्यु भएको छ। गुर्भाकोट–४, सुर्खेतका ५८ वर्षीय कैदीको भेरी अस्पताल नेपालगन्जमा सोमवार विहान ६ः१५ बजे मृत्यु भएको जिल्ला कोभिड–१० संकट व्यवस्थापन समितिका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए।  योसँगै ...