एमाले अनुपस्थित भएपछि सर्वदलीय बैठक निष्कर्षविहीन, एमालेसहितको बैठक राख्न सभामुखलाई सुझाव

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएपछि सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको छ । अवरुद्ध संसद खुलाउने विषयमा सभामुख सापकोटाले सोमवार दिउँसो संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाएका थिए ।  बैठकमा सहभागी नेताहरूले छिट्टै एमालेसहितको बैठक राख्न सभामुख सापकोटालाई सुझाव दिएका छन् । प्रमुख प्रतिपक्षी दल नै अनुपस्थित भएपछि बैठक निष्कर्षविहीन बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।  संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा प्रधानमन्त्री ए...

सम्बन्धित सामग्री

निष्कर्षविहीन भयो आजको सर्वदलीय बैठक, भोलि फेरि बस्ने

काठमाडौं, ५ भदौ । संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको छ । आज (मंगलबार) को बैठकमा उच्चस्तरीय छानविन समितिको मस्यौदा प्रस्तुत हुने भनिएपनि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक निष्कर्षविहीन बनेको हो । बैठक भोलि (बुधबार) विहान ११ बजे बस्ने गरी स्थगित भएको […]

बाजुराको मतगणना अझै अनिश्चित, दुई पटकको बैठक निष्कर्षविहीन

बाजुरा जिल्लामा हुने भनिएको मतगणना अझै अनिश्चित बनेको छ । दुई पटकको सर्वदलीय बैठकमा मतगणनाबारे सहमति जुट्न नसक्दा मतगणना अनिश्चित बनेको हो । निर्वाचन आयोगले रोकिएको मतगणना सुचारु गर्न बुधबार निर्देशन दिएको थियो। तर नेकपा एमालेले मतगणनामा सहमति नजनाउँदा अझै सुरु हुन नसकेको हो । आयोगको निर्णयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार सर्वदलीय बैठक बलाएको थियो । बैठकमा नेकपा एमाले बाजुराले बिमति जनाएपछि पहिलो बैठक निष्कर्षविहीन बन्यो ।आज बिहीबार बिहान ७ बजे पनि सर्वदलीय बैठक बो

सर्वदलीय बैठक निष्कर्षविहीन, एमालेसँग संवाद बढाउन सभामुखलाई सुझाव

काठमाण्डाै – सभामुख अग्नि सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । नेकपा एमालेले संसदमा गरिरहेको अवरोध हटाउन सभामुख सापकोटाले शीर्ष नेताहरूको बैठक डाक्नुभएको थियो तर एमालेका कुनै पनि प्रतिनिधि बैठकमा नपुग्दा कुनै निष्कर्ष निस्कन सकेन । आजको छलफलमा सबैजसो दलका नेताहरूले एमालेसँग सभामुखले छलफल गर्नुपर्ने र सहमति गरेर संसद् चलाउनुपर्ने सुझाव दिएका छन् । मुख्य विवाद रहेको एमाले नै बैठकमा नआएपछि कुनै निष्कर्ष ननिस्किएको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो । ...

एमालेले बहिस्कार गरेको सर्वदलीय बैठक निष्कर्षविहीन

सभामुख अग्नि सापकोटाले अवरुद्ध संसद बैठक खुलाउन बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ । संसद भवन बानेश्वरमा सोमबार झण्डै साढे २ घण्टा बसेको बैठकमा प्रमुख प्रतिपक्ष एमाले नै सहभागी नभएपछि बैठकमा कुनै सहमति नजुटेको नेताहरुले बताएका छन् । बैठकमा नेताहरुले सभामुखलाई पुन प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सुझाव समेत दिएका छन् ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिपक्ष एमाले बैठकमा सहभागी नै नभएपछि कुनै निचोडमा पुग्न नसक