नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ जारी, पुरानो विनियमावली खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रषण विनियमावली, २०७९’ जारी गरेको छ । राष्ट्र बैंकले शुक्रवार (आज) जारी गरेको परिपत्र गर्दै विनियमावली जारी गरेको जनाएको हो । यससँगै ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ खारेज भएको छ ।  ‘...नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा ११० को उपदफा २ र विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९’ जारी गरिएको हुँदा सोहीबमोजिम गर्नु/गराउनु हुन निर्णयानुसार अनुरोध छ,’ परिपत्रमा उल्लेख गरिएको छ । 

सम्बन्धित सामग्री

बैंकका एक्सटेन्सन काउन्टरबाट पनि विदेशी मुद्रा कारोबार

काठमाडौं। बैंक, वित्तीय संस्थाको एक्सटेन्सन काउन्टरबाट समेत विदेशी मुद्राको कारोबार गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले सोमवार विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली दोस्रो संशोधन गर्दै बैंकका एक्सटेन्सन काउन्टरबाट समेत विदेशी मुद्राको कारोबार गर्न सकिने व्यवस्था गरेको हो । हालसम्म बैंकका शाखाबाट मात्र विदेशी मुद्रा कारोबार गर्न पाइने व्यवस्था थियो । बैंकका एक्सटेन्सन काउन्टरको संख्या बढ्दै गएपछि राष्ट्र बैंकले त्यसबाट कारोबार गर्न सकिने सुविधा थप गरेको हो ।  विनियमावलीमा राष्ट्रिय स्तर बाहेकका वित्तीय संस्थाले आफ्नो केन्द्रीय कार्यालय रहेको स्थानको नजिकमा रहेको राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभागमा इजाजतपत्रका लागि निवेदन दिन सक्ने र इजाजतपत्र समेत सोही स्थानबाट पाउने व्यवस्था गरिएको छ । यस्तै मर्जर वा प्राप्तिमा सहभागी भई नयाँ नाम कायम हुने बैंकले साबिकको इजाजतपत्र फिर्ता लिई इजाजतपत्र प्राप्त संस्थाको नाम बाहेक अन्य सम्पूर्ण बेहोरा साबिककै उल्लेख गरी नयाँ इजाजतपत्र प्रदान गरिने र यसका लागि कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।  विनियमावलीमा विदेशी मुद्राको कारोबार गर्ने अनुमति प्राप्त संस्थाले राष्ट्र बैंकमा राख्नुपर्ने धरौटीको अवधि बढाएको छ । अब डिपार्टमेन्टल स्टोर/सुपर मार्केट, एयरलाइन्स र तीनतारे तथा त्योभन्दा माथिल्लो स्तरका होटेलले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्रका लागि प्रत्येक कारोबार स्थानका लागि एक लाख रुपैयाँ र यसबाहेका होटेल, रिसोर्ट, फर्म, कम्पनी वा संस्था एवं सरकारी निकायले भने ५० हजार रुपैयाँ बराबर इजाजतपत्र बहाल रहने मितिभन्दा कम्तीमा १५ महीना बढी अवधिको बैंक जमानत वा नगद धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि इजाजतपत्र संस्थाले कम्तीमा ४ वर्ष अवधिको बैंक जमानत पेश गर्नुपर्ने प्रावधान थियो ।  यसैगरी इजाजतपत्र समाप्त भएको ९० दिनभित्र नवीकरण गर्नुपर्ने प्रावधानलाई पनि संशोधन गरी ३० दिनमा झारिएको छ । तोकिएको समयभित्र नवीकरण नगर्ने संस्थालाई लाग्ने जरीवाना भने संशोधित विनियमावलीले घटाएको छ । विदेशी विनिमय कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले मनी चेन्जरको कारोबार गर्न ‘नेपाल राष्ट्र बैंक मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७’ बमोजिम र विप्रेषण कारोबार गर्न ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९’ बमोजिम छुट्टाछुट्टै इजाजतपत्र लिनुपर्ने प्रावधान पनि तोकिएको छ ।

रेमिट्यान्स कम्पनीलाई हरेक तीन दिनमा विवरण पठाउन राष्ट्र बैंकको निर्देशन

वित्तीय लगायत रेमिट्यान्स कम्पनीका सम्पूर्ण गतिविधि सम्बन्धी विवरण बुझाउन राष्ट्र बैंकले समयसीमा तोकेको छ । राष्ट्र बैंकको गैर बैंक सुपरीवेक्षण विभागले परिपत्र जारी गरी रेमिट्यान्स कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली ०७९ को व्यवस्था बमोजिम कम्पनीका गतिविधि सम्बन्धी विवरण पठाउन राष्ट्र बैंकले तीन दिनदेखि १५ दिनसम्मको समयसीमा तोकेको छ । यसअघि विवरण बुझाउनकै लागि यस्तो समयसीमा तोकिएको थिएन ।

निर्णय आइतबारको बैठकबाट

नेपाल राष्ट्र बैंकले रेमिटेन्स (विप्रेषण) कम्पनीलाई व्यवस्थित गर्न ल्याएको नयाँ विनियमावलीलाई व्यवसायीले सकारात्मक भनेका छन् । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९’ जारी गर्दै यस्ता कम्पनीलाई थप बलियो बनाउन चुक्ता पुँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै, विनियमावलीले नयाँ रेमिटेन्स कम्पनी सञ्चालनमा ल्याउनका लागि पनि बाटो खुला गरेको छ । विनियमावलीमा नयाँ […]