फिल्म छाडेर सिरियल निर्माणमा चर्चित निर्देशक

कोरोनाले नेपाली फिल्म क्षेत्र नराम्रोसँग थलिएको छ भने थुप्रैले काम गुमाएका कारण चरम आर्थिक अभावको सामाना गर्नु परिरहेको छ । यो अवस्थामा पनि कतिपय म्युजिक भिडियो लगायतका कामबाट राम्रो पैसा कमाउन सफल छन् । यद्यपि सबैको अवस्था त्यस्तो छैन ।कतिपयले कोरोनाबाट पाठ सिक्दै वैकल्पिक बाटोतिर अग्रसर भएका छन् । त्यसका लागि रेस्टुरेन्ट, व्यापार व्यवसाय लगायत क्षेत्रमा लागेका देख्न सकिन्छ ।नेपाली फिल्मका चर्चित निर्देशकहरूको कुरा गर्ने हो भने कोही फिल्म छायाङ्कनको माहोल पर्खंदैछन् भने कोही म्युजिक भिडियोमा अल