सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित, सुरु भएन बजेटमाथिको छलफल

बजेटलाई लिएर सत्तापक्षीय दलभित्रै चर्को असन्तुष्टि देखिएपछि संसद बैठक नै बसेको छैन । असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था भए पनि बजेट ल्याएको चौथो साता बित्दा पनि छलफल सुरु हुन नसकेको हो ।