एमाले बन्दसत्रमा माधव नेपालविरूद्ध नाराबाजी

काठमाडौँ- नेकपा एमालेको बन्दसत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ । माकुनेका मतियार होसियार, माकुने मुर्दावाद भन्दै एमाले कार्यकर्ताहरूले नाराबाजी गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा आएसँगै उनीविरुद्ध नाराबाजी गरिएको थियो ।

सम्बन्धित सामग्री

प्रेस चौतारीमा विवाद, हलमै नाराबाजी

नेकपा एमाले निकट प्रेस चौतारीको बन्द सत्रमा विवाद देखिएको छ । उपत्यका प्रदेश बागमती प्रदेशमा गाभिने भएपछि सदस्यहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बन्दसत्र हलमा नै नाराबाजी गरेका छन् । उपत्यका प्रदेशले छुट्टै स्वयत्त अधिकार तथा १ खुल्ला सचिवकाे माग गरेकाे छ । यता एशाेसिएट र प्रतिष्ठानले पनि सोही मुद्दा उठाएको छ ।संगठनको नेतृत्व सर्वसम्मतरुपमा चयन गर्ने विषयमा पनि विवाद देखिएको छ । अध्यक्षमा पदमा वर्तमान अध्यक्ष गणेश बस्नेत, माधव नेपाल, गणेश पाण्डे, टीका बिष्टले दाबी गरिरहेक

संसद् बैठक शुरू हुनासाथ नाराबाजी

प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी शुरु गरेको छ । शुक्रवार सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक शुरु भएको घोषणा गर्नासाथ एमाले सांसदहरुले वेलमा गएर नाराबाजी शुरु गरेका हुन् । माधव नेपाल लगायत १४ जना सांसदमाथि पार्टीले गरेको कार्वाहीअनुसार उनीहरुलाई पदमुक्त गर्न माग गर्दै एमालेले गत भदौ २३ गतेदेखि संसदमा निरन्तर विरोध गर्दै आइरहेको छ । अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीमा सहमति जुट्न नसकेपछि शुक्रवारको बैठकमा एमसीसी अनुमोदन गर्ने कार्यसूची छैन ।

५९ दिनपछि प्रतिनिधि सभा बैठक, एमालेको नाराबाजी

झण्डै २ महिनाको अन्तरालमा बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले नाराबाजी गरेको छ । बुधवार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गरेलगत्तै एमाले सांसदहरू वेलमा आएर नाराबाजी शुरु गरेका हुन् । माधव नेपाल लगायत पार्टीले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त गर्न मागगर्दै एमालेले भदौ २३ गतेदेखि प्रतिनिधि सभामा लगातार अवरोध गर्दै आइरहेको छ ।

रोकिएन संसदमा एमालेको नाराबाजी, अवरोधका बीच सभामुखले अगाडि बढाए कार्यसूची

नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा नाराबाजी राखेपछि सभामुख अग्नि सापकोटाले बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।  विगतका दिनमा जस्तै सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै एमाले सांसदले नाराबाजी गरेका थिए ।  माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको पत्र सभामुखले कायम नगरेको भन्दै एमाले सांसदले भदौ २३ गतेपछिको बैठकमा निरन्तर नाराबाजी गरिरहेका छन् । उनीहरूले संसदीय मर्यादा कायम गर भनेर नारा लगाएपछि सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल नहुने कुरा पुनः दोहोर्...

तेस्रो दिनपनि बैठक शुरू हुनासाथ नारा लगाउँदै एमाले सांसदहरू वेलमा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार तेस्रो दिन पनि प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेको छ । आइतवार प्रतिनिधि सभाको बैठक शुरू हुनासाथ एमाले सांसदहरू वेलमा गएर नाराबाजी गरेका हुन् । यसअघि बुधवार र शुक्रवार पनि एमालेले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेको थियो ।  पार्टीले कारवाही गरेका माधव नेपाल लगायत १४ सांसदमाथिको कारवाही सदर नगरेर एमाले विभाजनमा भूमिका खेलेको भन्दै सभामुखप्रति एमाले आक्रोशित बनेको छ । एमालेले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले बैठक सहज ढंगले सञ्चालनका लागि वातावर...

काठमाडौंमा माधव नेपाल पक्षीय विद्यार्थी संगठनले जलायो मोदीको पुत्ला (फोटोफिचर)

दार्चुला घटनाको विरोधमा शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन भएको छ । काठमाडौको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि भेला भएका माधव नेपाल नेतृत्वको  नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले मोदीको पुत्ला जलाएको हो । सो क्रममा उनीहरुले भारतविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । दार्चुलाका धामी महाकालीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन खुस्काउँदा नदीमा खसेर वेपत्ता भएका थिए । सरकारले गठन गरेको छानबिन समितिले समेत भारतीय प

स्पष्टीकरण प्रकरणले पार्टी एकतामा भाँजो हाल्योः माधव नेपाल समूह

काठमाडौं। नेकपा एमाले माधव नेपाल समूहले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदमाथि स्पष्टीकरण सोध्ने कामले पार्टी एकताको प्रयासमा भाँजो हाल्ने काम गरेको निष्कर्ष निकालेको छ। माधव समूहको बुधबार बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण र नाराबाजी छाडी पार्टी एकतालाई अघि बढाउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय गरेको छ। बैठकले स्पष्टीकरण, कारबाहीलगायतका गतिविधिले एकताको वातावरण बिथोलेको भन्दै ध्यानाकर्षण गराएको छ।

बाँदरको भेषमा माधव नेपाल विरुद्ध युवासंघको नाराबाजी

काठमाडौं । एमालेको युवा संगठन राष्ट्रिय युवा संघले माधव नेपाल विरुद्ध विरोध प्रदर्शन गरेको छ ।  बाँदरको भेषमा निस्किएका प्रदर्शनकारीले माधवकुमार नेपालविरुद्ध नाराबाजी गरेका थिए । माधव नेपाललाई ‘देश छोड’ ‘केपीलाई काम गर्न दे’लगायतका नाराबाजी गरेका थिए ।