पर्साका अधिकांश स्थानीय तहमा नयाँ अनुहारका जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । १४ स्थानीय तहमध्ये हालसम्म मतणना सम्पन्न भएको कूल १३ पालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित हुनुभएको हो । विसं २०७४ का जनप्रतिनिधिले यसपटक विजयी बन्ने सकेनन् । जिल्लाको दोस्रो सदरमुकामका रूपमा परिचित पोखरिया नगरपालिकाका निवर्तमान नगरप्रमुख दीपनारायण रौनियार दुई हजार ४३३ मतान्तरले निर्वाचनमा पराजित हुनुभयो । …