३४ वर्षमा व्रतबन्ध- पुष्प खड्काको लाज, सकस र खुसी

‘विवाह हुँदा पनि हामीलाई बोलाएन भने कसैले । कोही पार्टी छैन ? भनेर सोध्छन् । कोही गाउँ किन गयो भनेको त बल्ल थाहा भयो भन्छन् । म्यासेजहरू देखेर म आफैं अचम्ममा परेँ,’ पुष्पले सुनाए ।

सम्बन्धित सामग्री

राजु मास्टरको सिरियल ‘सकस’ युट्युब ट्रेन्डिङमा

काठमाडौं । राजु पौडेल ‘राजु मास्टर’को लेखन, निर्देशन र अभिनय रहेको टिभी सिरिज ‘सकस’लाई दर्शकले रुचाएका छन् । ६ भागसम्म प्रसारण भएको यो सिरिज केही दिनदेखि युट्युब ट्रेन्डिङमा छ । ‘दर्शकको चाहना अनुसार बनाइएको सिरिज ट्रेन्डिङमा हुँदा खुसी छौं । यसले कन्टेन्टलाई गुणस्तरीय बनाउन हामीलाई हौसला मिलेको छ,’ राजु मास्टरले अनलाइनखबरसँग भने । समाजको कथा […]

कृषिमा आत्मनिर्भर बनाउन लिफ्ट सिँचाइ

तेह्रथुम– तेह्रथुमको म्याङलुङ नगरपालिका–१० तम्फुलामा केउरानी लिफ्ट सिँचाइ आयोजना सञ्चालन भएपछि स्थानीयबासी खुसी भएका छन् । केउरानी बस्तीको सुक्खा क्षेत्रमा सिँचाइका लागि स्थानीय खोरुङ्गा खोलाबाट लिफ्ट प्रविधिमार्फत् पानी ल्याएपछि स्थानीयबासीलाई सिँचाइ गर्न राहत मिलेको छ । उर्वर माटो भएर पनि सिँचाइ अभावमा खेतीपातीका लागि वर्षौंदेखि सकस भोगिरहेका तेह्रथुम म्याङलुङ–१० तम्फुलाका नागरिक यतिबेला भने हर्षित छन् […]

'जाकारान्डा फुल्ने याम' (कथा)

ऊ फूलहरू भनेपछि ज्यान फाल्ने केटी परी । उसको अप्ठेरो बुझेर म विस्मितसँगै खुसी पनि भइरहेको थिएँ । हैन कस्तो रहस्यमय केटी होली यो !   कहिले विल्कुल सानो बालकजस्ती ! कहिले एकदमै प्रौढजस्ती ! कहिले नरमपन्थीजस्ती ! कहिले कट्टरपन्थीजस्ती ! पहिल्याउन कस्तो सकस ?

गाउँमै मुटुको विशेषज्ञ सेवाले स्थानीय खुसी

धुर्कोट गाउँपालिका ७ का ८४ वर्ष क्रृषिराम खनाल उच्च रक्तचाँप र नशाको समस्या भएकाले फलोअपको लागि बेला–बेलामा काठमाडाैं पुग्थे। उनले उमेरअनुसार धेरै टाढा यात्रा गर्न सकस हुने भएकाले समयमै जाँच...

घरमै वृद्धभत्ता पाउँदा ज्येष्ठ नागरिक खुसी

सरकारले ज्येष्ठ नागरिकका लागि उपलब्ध गराउने भत्ता नगद वितरण गर्दा व्यापक दुरुपयोग भएपछि बैंकमार्फत भुक्तानी दिन सुरु गरियो । यसले दुरुपयोग त रोकियो तर वृद्धवृद्धाहरुले ठूलै सकस भोग्नु परिरहेको छ । गाउँदेखि बैंकसम्म धाउनै गाह्रो पुगेपछि पनि समयमै बैंकले रकम नदिंदा उनीहरुलाई निकै सकस हुने गरेको छ । यसबीचमा कतिपय पालिकाहरुले भने घरघरमै वृद्धभत्ता पुर्याउन …

दसैँकै मुखमा अस्थायी पुलले ल्याएको खुसी

“यो वर्ष त दसैँंले भन्दा पनि नदीमा ह्युम पाइप राखेर यातायात सञ्चालन हुँदा बढी खुसी लाग्यो । अब त मेलम्चीवासीलाई  हिँदमा मात्रै भएपनि आउजाउ गर्न पनि सहज भयो । ”, मेलम्ची ९ का राजु पुरीले भने । बिरामी पर्दा र छिटो पुगेर आउनुपर्ने अवस्थामा वर्षायाममा धेरै धेरै सकस भएको थियो,  गाउँमा दैनिक एक सय २० लिटर दूध सङ्कलन गरेर मेलम्ची बजारसम्म ल्याउने गर्दै उनले बताए । अस्थायी पुल बनेपछि मेलम्ची पारी रामपुर बेँशीबाट बोक्नुपर्ने समस्या केही समय भए पनि हटेको छ ।  गाडी प्रयोग गर

माओवादीको सकस : गठबन्धन जोगाउने नाममा राष्ट्रियताका मुद्दामा सम्झौता !

काठमाडौं : सरकारले नागरिकता विधेयक पारित गरेपछि सत्तारुढ नेकपा (माओवादी केन्द्र)मा असन्तुष्टि बढेको छ। पाँच दलीय गठबन्धन जोगाउनकै लागि भन्दै एकपछि अर्को राष्ट्रिय मुद्दामा अडान छाडेपछि माओवादीमा असन्तुष्टि बढेको हो। सरकारले शुक्रबार संसदबाट नागरिकता विधेयक पास गरेपछि शनिबार जनकपुर पुगेका प्रचण्डले खुसी व्यक्त गरे। उनले अब नागरिकताको समस्यामा रहेका ६-७ लाख नेपालीले नागरिकता पाउने बताए। प्रचण्डले भने,  ‘हिजो नागरिकता विधेयक संसदबाट पास भएको छ। अब

अर्थतन्त्रमा थपिँदो सकस

अर्थतन्त्रका समग्र सूचक अहिले सकारात्मक देखिएका छैनन् । बढ्दो आयात परिमाणलाई अर्थतन्त्रमाथिको दबाबको मुख्य कारण मानिएको छ । आयातमा कडाइ गरेर अर्थतन्त्रलाई सुधारको बाटोमा लैजाने अभिप्रायबाट सकारको आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैंकले गत महीना नै केही वस्तुको आयातमा कडाइ गरेको थियो । फेरि आयातमा कडाइको दायरा बढाइएको छ । केन्द्रीय बैंकले चालू आर्थिक वर्ष (आव) २०७८/७९ को अर्धवार्षिक अवधिको अध्ययन प्रतिवेदनले सूचकहरू झन् नकारात्मक बन्दै गएको देखायो । अर्थात्, आयातमा कडाइको उपाय आर्थिक सुधारका निम्ति प्रभावकारी भएन किन ? समीक्षा जरुरी छ । हामीकहाँ व्यापारघाटाको कारण के हो र, यसको दीर्घकालीन निदान कसरी खोज्नेभन्दा पनि सतही उपायमा आत्मरति खोज्ने काम बढी भएको पाइन्छ । अर्थतन्त्रको परिदृश्य देशमा भित्रिनेभन्दा बाहिरिने रकम बढी हुँदा त्यसले पारेको असन्तुलन अर्थतन्त्रको मुख्य समस्याको रूपमा चित्रण गरिएको छ । वैदेशिक विनिमयको सञ्चिति घट्ने क्रम रोकिएको छैन । कोरोना महामारीका कारण वैदेशिक रोजगारीका अवसर खुम्चिएका छन् । यसबाट बाह्य स्रोत खुम्चिएको छ । चालू वर्षको ६ महीनामा यस्तो आय अघिल्लो वर्षको त्यही अवधिको तुलनामा साढे ५ प्रतिशतले कमी आएको तथ्यांक सरकारकै छ । अर्कातिर कोरोनाकै कारण वस्तुको माग र आपूर्तिको शृंखला बिथोलिएको छ । एकातिर स्वाभाविक माग बढिरहेको छ भने उत्पादन खुम्चिएको छ । वस्तु आयात बढेको छ । यस्तोमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुँदा विदेशी मुद्राको सञ्चितिमा प्रत्यक्ष प्रभाव परेको छ । एकातिर वस्तुको मूल्य बढेको छ भने अर्कातिर ढुवानीको खर्च पनि ४/५ गुणासम्म बढेको छ । यसको समग्र प्रभाव आयात, बजार, उपभोग्य मूल्य हुँदै अर्थतन्त्रमा पर्ने नै भयो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पुस मसान्तसम्म थप १४ करोड डलरबराबरको विदेशी मुद्रा सञ्चिति घटेको छ । मंसिरसम्म १० अर्ब ३ करोड डलर रहेको सञ्चिति पुस मसान्तसम्ममा ९ अर्ब ८९ करोड डलरमा झरेको देखियो । यो मुद्राको सञ्चयले ६ दशमलव ६ महीनाको वस्तु तथा सेवाको भुक्तानी गर्न सकिने केन्द्रीय बैंकको भनाइ छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ११ अर्ब ७५ करोड डलर रहेको सञ्चिति यो ६ महीनामा १६ प्रतिशतले खुम्चिन पुगेको छ । अघिल्लो आव २०७७/७८ को पुस मसान्तसम्म शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोड रूपैयाँले बचतमा र चालू खाता घाटा पनि ५१ अर्ब ६८ करोड रूपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यो पुस मसान्तसम्म शोधनान्तर घाटा २ खर्ब ४१ अर्ब रूपैयाँ पुगेको देखिन्छ । चालू खाता घाटा पनि बढेर ३ खर्ब ५४ अर्ब रूपैयाँमा उक्लिएको छ ।  एक महीनासअघिसम्म यो क्रमश: १ खर्ब ९५ अर्ब र ३ खर्ब रूपैयाँ थियो । यता वैदेशिक रोजगारीबाट आउने आम्दानी भने घटेको देखिन्छ । विप्रेषणको आम्दानी घटेर ४ खर्ब ६८ अर्ब रूपैयाँमा सीमित भएको छ । अघिल्लो आव २०७७/७८ को शुरु ६ महीनाको तुलनामा वैदेशिक व्यापारघाटा ४६ दशमलव ६ प्रतिशत बढेको तथ्यांकले देखाएको छ । व्यापारघाटाको आकार ८ खर्ब ८० अर्ब ४९ रूपैयाँमा उक्लिएको छ । अघिल्लो समीक्षा अवधिमा भने यो परिमाणमा कमी आएको थियो । यसो त कोरोना महामारीका कारण त्यसबेला वैश्विक व्यापार नै करीब २० प्रतिशतले खुम्चिएको थियो । अहिले करीब १० खर्ब रूपैयाँको वस्तु आयात हुँदा निर्यात सवा खर्ब रूपैयाँ पनि छैन । ९ खर्ब ९९ अर्ब ३४ करोड रूपैयाँको आयात भएको देखिन्छ भने निकासी व्यापार १ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ बराबर छ । किन भएन सुधार ? आयात नियन्त्रणका उपाय अपनाउँदा पनि अर्थतन्त्रका सूचकमा किन सुधार आउन सकेन ? विज्ञहरू अर्थतन्त्रमाथि संकटको बादल मडारिइरहेको बताउँछन् । अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका अधिकारीहरू अहिले पनि ६ महीनाभन्दा बढीको आयात धान्न सक्ने रकम सञ्चितिमा रहेकाले आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताइरहेका छन् । यसलाई नराम्रो अवस्था भन्न नमिल्ने तर्क उनीहरूको छ । अर्थतन्त्रको अवस्था बिग्रियो भनेर गलत प्रचार गरिएको भनेर त अर्थमन्त्रीले केही समयअघि सार्वजनिक रूपमा असन्तोष नै प्रकट गरेका थिए । तर, यो सञ्चिति घट्दो क्रममा जानु चाहिँ चिन्ताको विषय हो । हामीकहाँ व्यापारघाटाको कारण के हो र, यसको दीर्घकालीन निदान कसरी खोज्नेभन्दा पनि सतही उपायमा आत्मरति खोज्ने काम बढी भएकाले अलिकति असहज अवस्था हुनेबित्तिकै अर्थतन्त्र धर्मराउने स्थिति बनेको हो । आव २०७५/७६ मा आयात घटेकोमा सरकारले ठूलै उपलब्धिको रूपमा प्रचार गर्‍यो । तर, त्यतिबेलाको आयातमा आएको संकुचन नियन्त्रणकारी नीतिको परिणाम थियो । यतिसम्म कि त्यसबेला औद्योगिक कच्चा पदार्थको आयात समेत घटेको थियो । तयारी उपभोग्य वस्तुको आयात खस्किएर कच्चा पदार्थको आयातमा वृद्धि भएको भए त्यसलाई उपलब्धि पनि मान्न सकिन्थ्यो । तर, त्यो त तथ्यांकीय चलखेललाई आफ्नो उपलब्धि देखाउने र त्यसैमा रमाउने चलाखीमात्रै भयो । वर्षेनि तरलता अभावको समस्या हुन्छ । अहिले आयात बढ्नुलाई कारण देखाइएको छ । के सरकारले आयात घटेको भनेर खुसी मनाइरहेको वर्ष यस्तो समस्या थिएन ? यसमा पनि दिगो समाधानभन्दा तत्कालीन उपाय खोज्ने र मूल समस्याको समाधानमा बेवास्ता गर्ने प्रवृत्ति छ । वित्तीय क्षेत्रमा प्रतिस्पर्धा बढाउने र बाह्य क्षेत्रका वित्तीय संस्था र उपकरणको उपयोगमा किन चासो नराखिएको हो ? यसको चित्त बुझ्दो जबाफ अहिलेसम्म पाउन सकिएको छैन । आयात घटाउने हो र अर्थतन्त्रलाई दिगो रूपमा बलियो बनाउने हो भने उत्पादन बढाउनुको विकल्प छैन । अहिले अपनाइएको आयात नियन्त्रण त टालटुले उपाय मात्रै हो । यसले अर्थतन्त्रका आयामलाई स्थायित्व दिँदैन । बरू यो बजार अराजकता र मूल्य वृद्धिको कारण चाहिँ बन्न सक्दछ । सरकारले आयातमा कडाइ गरेको छ तर त्यसबाट उत्पन्न भइरहेका र सम्भावित समस्याको निदानको विषयमा सोच्न पनि आवश्यक नठानेको आभास हुन्छ । अब के गर्ने त ? हामीकहाँ बाह्य क्षेत्र असन्तुलनको मुख्य कारण आय, उत्पादन र उपभोगसँग जोडिएको छ । आयको स्रोत वैदेशिक रोजगारीको भरमा छ । यो दिगो हुँदैन भनेर भन्न थालिएको वर्षौं भइसक्यो । रोजगारी अभिवृद्धिको उपायमा चरम उदासीनता छ । स्वदेशमै उत्पादनलाई बढावा दिने हो भने रोजगारीका लागि बाहिर जाने अवस्थाको अन्त्य हुन सक्दछ । यस्तोमा बाहिरबाट रकम आउला र आयात धानौंला भन्ने अवस्थामा पनि सुधार आउने थियो । उत्पादन अभिवृद्धिले उपभोगमा आयातको भर कम हुँदै जान्छ । स्वाभाविक रूपमा आयात कम भएपछि व्यापारघाटा स्वत: घट्दै जान्छ । हामीले के उत्पादन गर्ने, के आयात गर्ने भन्नेमा रणनीतिक योजना बनाउनु पर्दछ, यसमा निकै ढिलाइ भइसकेको छ । अधिक लाभका लागि स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनलाई जोड दिनु पर्दछ । यसले मूल्य अभिवृद्धि बढाउँछ । जति बढी मूल्य अभिवृद्धि, त्यति रोजगारीको अवसर बढी हुन्छ । निकासीभन्दा आयात प्रतिस्थापनलाई मुख्य ध्येय बनाउनु पर्दछ । नेपालको व्यापारघाटाका मुख्य वस्तु इन्धन, सवारीका साधन, खाद्यान्न छन् । तत्काल सवारी उत्पादनमा जान नसकिए यसमा नियन्त्रण अपनाउनु अन्यथा हुँदैन । तर, हामीले विद्युत्का माध्यमबाट इन्धन आयातलाई प्रतिस्थापित गर्न त सक्दछौं । विद्युत्लाई प्रतिस्पर्धी बनाउने हो भने उत्पादनको लागत घटाउन सकिन्छ । प्रतिस्पर्धी उत्पादन अर्थतन्त्र उत्थानको मुख्य उपाय हुन सक्दछ । खाद्यान्न उत्पादनमा रणनीतिक योजना बनाएर अघि बढ्नु पर्दछ । कुन खाद्य वस्तुको उत्पादन गर्ने र कुन आयात गर्ने ? यसमा तुलनात्मक लाभका आधारमा योजनाबद्ध तरिकाले अघि बढ्नु पर्दछ । हचुवा पारामा कहिले यसमा प्रतिबन्ध, कहिले त्यसमा कडाइजस्ता सतही उपाय सकसका कारणमात्रै बन्नेछन्, यसले अर्थतन्त्रका खास समस्याको निकास कदापि दिन सक्दैन । ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

हिमपातले गाउँलेलाई सकस, व्यवसायीलाई राहत

हिमाली भेगका बासिन्दा चिसो खप्न नसकेर घरबास छाडेर नजिकका सहर झरेका छन्। हिमपातले रोकिदिएको गाउँलेकोे आउजाउ अझै सहज हुन सकेको छैन। हिमपातले हिमाली क्षेत्रमा सकस निम्त्याउँदा हिमपात भएका पर्यटकीय भेगका व्यवसायी भने हिउँकै कारण पाहुना भित्रिएकामा खुसी छन्।...