ग्रोथएक्स एभरेष्ट एक्सेलेटर स्थापना गर्न चार संस्थाबीच सम्झौता

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई), टीम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) र स्टार्टअप रेसो इन्डियाबीच सहकार्य हुने गरी सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ र युवा उद्यमी मञ्चको साझेदारीमा टीम भेन्चर्स, स्टार्टअप रिसोले संयुक्त सञ्चालन गर्ने कार्यक्रममा उद्यम सञ्चालन गर्ने नेपाली संस्थापकहरूलाई सहभागी गराइनेछ । विशेषगरी सम्भावित प्राविधिक स्टार्टअप र एसएमईहरूका लागि […]

सम्बन्धित सामग्री

‘ग्रोथएक्स एभरेष्ट एक्सेलेटर’मा छानिए १० स्टार्टअप

काठमाडौं । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअप र एसएमईका लागि ‘ग्रोथएक्स एभरेष्ट एक्सेलेटर’ कार्यक्रम शुरू गरेका छन् । स्टार्टअपलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्न यस कार्यक्रमअन्तर्गत शुरूमा १० ओटा स्टार्टअप कम्पनी छानिएका छन् । जसमा फोकसवान पेमेन्ट सोलुसन्स, राइट टिम्स, खेती मेन्चर्स, वाइज्याक सोलुसन्स, इन्ग्रेल्स, डक्टर्स अन कल, बिहे नेपाल, कारखाना, डेलिस डाइरिज र सेभेन मल्टी ट्रेडिङ छन् । छानिएका स्टार्टअप कम्पनीलाई ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमार्फत आगामी तीन महीनासम्म मेन्टरसिप, बजार पहुँचका लागि भारत भ्रमण, लगानीकर्ता तथा कर्पोरेट सम्बन्ध विस्तारमा सहजीकरण गरिने बताइएको छ । चारओटा संस्था मिलेर स्थापना भएको एक्सेलेटर कार्यक्रमको उद्देश्य नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउने रहेको बताइएको छ, जसले डिजिटल अर्थतन्त्र, स्थानीय ज्ञानमा आधारित रोजगारी, प्रतिभा पलायन रोक्न, निर्यात बढाउन र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न योगदान पुर्‍याउने रहेको कम्पनीहरूले जानकारी दिएका छन् ।