लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएपछि सत्ता पक्षको आपत्ति

प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि  लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको गरेपछि सत्तारुढ दल एमाले आपत्ति जनाएको छ ।  प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेपछि बिहीबार एमाले लुम्बिनी प्रदेश संसदीय दलले गरेको  पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले आपत्ति जनाएका हुन् । उनले संविधानको धारा १६८(१) अनुसार गठन भएको एकल बहुमतको सरकारविरुद्ध दुई वर्ष नपुग्दै अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने जिकिर गर्दै अधिवेशनबारे पार्टीमा थप छलफल र परामर्श गर्दै अ