काठमाडौं : कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ। विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निरासाजनक देखिन्छ। महामारीकैबीच पनि झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका छन्।नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२१ को छ महिनामा ५८ हजार ५८ विदेशी पर्यटक भित्रिएका छन्। जुन महिनामा जम्मा एक हजार १४३ पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन्। सोही महिनामा अघिल्लो सन् २०१९ मा ४४ हजार ३६९ थियो। सन् २०२० को यही महिन