काठमाण्डाै - फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चार हप्ताका लागि लकडाउन गरिएको छ ।
राष्ट्रपति इम्यानुएल म्याक्रोले पर्सि शनिवारदेखि चार हप्ता लकडाउनको घोषणा गर्नु भएको हो ।
एक टेलिभिजनमा सम्बोधन गर्दै उहाँले लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताएका बीबीसीले जनाएको छ ।
लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम गर्नु पर्नेछ । सार्वजनिक ठाउँमा सभा, भेला गर्न पाइने छैन भने घरबाट १० किलोमिटरभन्दा टाढा जान पनि नपाइने खबरमा उल्लेख गरिएको छ । यस्तै, उहाँले कोरोनाक...