विधान र मापदण्ड विपरीतका क्रियाशील सदस्यलाई स्वीकार नगर्ने पौडेल पक्षको निर्णय

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विधान र मापदण्ड विपरीतका क्रियाशील सदस्यलाई स्वीकार गर्न नसकिने जनाएको छ।नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा मंगलबार बसेको पौडेल पक्षको बैठकले विधान र मापदण्ड विपरीतका क्रियाशील सदस्यलाई स्वीकार नगर्ने निर्णय गरेको हो।बैठकले क्रियाशील सदस्यताको सबै नवीकरण वडा तथा क्षेत्रबाटै आउनुपर्नेमा जोड दिएको नेता अर्जुननरसिंह केसीले बताए। तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुनुपर्नेमा बैठकले जोड दिएकोछ।

सम्बन्धित सामग्री

रेडक्रसको विधान अधिवेशन फागुन २७ र २८ मा

नेपाल रेडक्रस सोसाइटीले आगामी फागुनको अन्तिम साता विधान अधिवेशन गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै सोसाइटीले नेपालको संविधान, अन्तर्राट्रिय आधारभुत मापदण्ड र राष्ट्रिय आवश्यकताका आधारमा विधान संशोधनका लागि फागुन २७ र २८ गते विधान अधिवेशन गर्न लागेको जानकारी दिएको हो ।

उम्मेदवार छनोटका लागि कांग्रेसले बनायो मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको हो । विधान बमोजिम सिफारिस भएका व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, लोकप्रियता र आगामी दिनको सम्भावनाका आधारमा उम्मेदवार छनोट गर्ने कांग्रेसको निर्णय छ […]

कांग्रेसको प्रत्यक्ष तर्फको उम्मेदवार चयन गर्न मापदण्ड तय

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार चयनका लागि आधार र मापदण्ड तय गरेको छ ।मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फका उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न त

एमालेमा महाधिवेशन प्रतिनिधि बन्न यस्तो छ मापदण्ड

काठमाडौँ । नेकपा (एमाले)ले महाधिवेशन प्रतिनिधि बन्न १० वर्षे मापदण्ड तोकेको छ । गत भदौ १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनले विधान संशोधन गर्दै भर्खर सार्वजनिक गरेको नयाँ विधानमा एमाले महाधिवेशनमा प्रतिनिधि बन्न कम्तिमा १० वर्ष पार्टी सदस्यता भएको योग्यता भएको हुनुपर्ने व्यवस्था गरेको हो । संशोधित विधानको धारा ६३ को […] The post एमालेमा महाधिवेशन प्रतिनिधि बन्न यस्तो छ मापदण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमालेको केन्द्रीय सदस्य हुन १० वर्ष कुर्नुपर्ने

नेकपा एमालेले महाधिवेशन प्रतिनिधि बन्न १० वर्षे मापदण्ड तोकेको छ । एमालेको दशौं महाधिवेशन आगामी मंसिर दोस्रो साता हुँदैछ । गत भदौ १५ देखि १७ सम्म सम्पन्न विधान महाधिवेशनले विधान संशोधन गर्दै भर्खर सार्वजनिक गरेको नयाँ विधानमा एमाले महाधिवेशनमा प्रतिनिधि बन्न कम्तीमा १० वर्ष पार्टी सदस्य भएको योग्यता भएको हुनुपर्ने व्यवस्था गरेको हो ।संशोधित विधानको धारा ६३ यस्तो व्यवस्था गरेको छ  । तर धारा ६३ को उपधारा १ मै महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिको हकमा ७ वर्ष

एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन ६ वटा मापदण्ड

नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुनका लागि मापदण्ड बनाएको छ । पार्टीको प्रथम विधान महाधिवेशनले केन्द्रीय कमिटी सदस्यका लागि ६ बुँदामा मापदण्ड बनाएको हो । नवौं महाधिवेशनले पारित गरेको विधानलाई परिमार्जन गर्दै प्रथम विधान महाधिवेशनले केन्द्रीय समिति उम्मेदवार बन्नका लागि मापदण्ड बनाएको हो ।एमाले नेता विष्णु पौडेलकाअनुसार प्रस्तावित विधानको धारा ५४ मा गरिएको व्यवस्था अनुसार केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुन केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भइ काम गरेको हुनुपर्नेछ । त्य

एमालेले केन्द्रीय कमिटीबाहेक कमिटीमा रहने सदस्यहरूको मापदण्ड तोक्यो

नेकपा एमालेले केन्द्रीय कमिटीबाहेक मातहतका अन्य कमिटीमा रहने सदस्यहरूको मापदण्ड तोकेको छ । पार्टी कमिटीहरु ठूला र भद्दा भएकाले संगठन व्यवस्थापनमा समस्या हुने भएकाले विधान महाधिवेशनबाट सदस्यको मापदण्ड तोकिएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।पौडेलले विधान महाधिवेशनको अन्तिम दिन परिमार्जित प्रस्ताव पेश गर्दै सबै कमिटीको आधार संख्या ५० हुने बताए । ‘प्रदेश कमिटीमा ५० सदस्य आधार रहने र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्र बराबर ५ जनाको दरले थपिन्छ’, पौडेलले जानकारी दिए ।

एमाले विधान महाधिवेशन : महामारीमै मास्कको मतलव छैन (फोटोफिचर)

कोभिड-१९ महामारीकैबीच शुक्रबारदेखि एमालेको विधान महाधिवेशन सुरु भएको छ। तर, यो महाधिवेशनमा महामारीमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड अपनाएको पाइएन। विधान महाधिवेशन ६ हजार ३४७ नेता–कार्यकर्ता उपस्थित छन् तर सवैले मास्क लगाएको देखिएन।...

एमालेको आरोप : सभा सम्मेलन रोक्ने प्रशासनको निर्णय राजनीति प्रेरित !

काठमाडौं : नेकपा एमालेले काठमाडौं उपत्यकाभित्र सभा, जुलुस रोक्ने निर्णय 'राजनीतिक' भएको आरोप लगाएको छ। एमालेले आफ्नाे विधान महाधिवेशनको पूर्वसन्ध्यामा उपत्यकाभित्र सभा सम्मेलन रोक्ने निर्णय राजनीतिप्रेरित भएको आरोप लगाएको हो। एमाले विधान महाधिवेशन मूल आयोजक समितिको संयोजक रामबहादुर थापा बादलले भने, ‘कोरोनालाई मध्यनजर गरेर उहाँहरूले स्वास्थ्य मापदण्डको ख्याल गरेर सभा, जुलुस, जमघट गर्न रोक लगाइएको होला। तर, हामीले महाधिवेशनमा स्वास्थ्यका सबै मापदण्ड पूरा गरेका छौँ।’&n

विधिविपरीत थपिएका सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न : शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले विधि विपरीत थपिएका क्रियाशील सदस्यता खारेज नगरे महाधिवेशनमा जान नकिने बताएका छन् । बुधबार बिहान सामाजिक सञ्चालमार्फत उनले तल्लो तहबाट विधान र प्रक्रियागत ढङ्गले आएका र छानबिन समितिले मापदण्ड बनाई निर्णय गरिएका क्रियाशील सदस्य मात्र स्वीकार हुने बताए ।‘तल्लो तहबाट विधान र प्रक्रियागत ढङ्गले आएका, छानबिन समितिले मापदण्ड बनाइ निर्णय गरिएका बाहेक केन्द्रबाट विधि विपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नामम