रियल मड्रिडलाई सुपर कपको उपाधि, बिल्बाओ २–० गोल अन्तरले पराजित

काठमाण्डाै - रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा एट्लेटिको बिल्बाओलाई २–० गोल अन्तरले पराजित गर्दै रियल मड्रिडले उपाधि जितेको हो । साउदी अरेबियामा भएको खेलमा रियल मड्रिडलाई जिताउन लुका मोड्रिक र करिम बेन्जिमाले एक-एक गोल गरे  । खेलको ८७औँ मिनेटमा एडर मिलिताओले रातो कार्ड पाएपछि रियल मड्रिड अन्तिमको केही समय १० खेलाडीमा सीमित भएको थियो । सिजनको पहिलो उपाधि जितेको रियल समग्रमा १२औँ पटक सुपर कप च्याम्पियन बनेको छ । तस्बिर : द गार्जियन

सम्बन्धित सामग्री

बिल्वाओलाई हराउँदै रियल म्याड्रिड सुपर कप च्याम्पियन

साविक विजेता एथलेटिको बिल्वाओलाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कप च्याम्पियन बनेको छ।

बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा

काठमाडौं । बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबियामा गएराति भएको सेमिफाइनलमा रियल मड्रिडले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित समयमा रियल मड्रिडका भिनिसियस जुनियर र करिम बेन्जमाले गोल गर्दै टोलीलाई दुई पटक अग्रता दिए । तर बार्सिलोनाका लुक […]

रोमाञ्चक खेलमा बार्सिलोनालाई स्तब्ध पार्दै रियल मड्रिड फाइनलमा

बार्सिलोनालाई पराजित गरेर रियल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा रियल मड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२ ले पराजित गरेको हो ।

रोमाञ्चक खेलमा बार्सिलोनालाई स्तब्ध पार्दै रियल मड्रिड फाइनलमा

बार्सिलोनालाई पराजित गरेर रियल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा रियल मड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२ ले पराजित गरेको हो ।

बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा

स्पेनिस सुपर कप अन्तर्गत गएराति सम्पन्न सेमिफाइनल खेलमा बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा प्रवेश गरेको छ। साउदी अरबको रियाद स्थित किङ फहद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा रियलले बार्सिलोनालाई ३-२ गोलअन्तरले हराएको हो। खेलको २५ औं मिनेटमै भिनिसियस जुनियरको गोलमा रियलले खेलमा अग्रता बनाएको थियो। उता बार्सिलोना लुक डी जोङले ४१…

बार्सिलोनालाई स्तब्ध पारेर रियल मड्रिड पुग्यो फाइनलमा

बार्सिलोनालाई पराजित गरेर रियल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२ ले पराजित गरेको हो । बार्सिलोनालाई पराजित गर्न रियल मड्रिडलाई अतिरिक्त समयसम्म खेल्नु परेको हो । २५ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरेर रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । एल क्लासिकोमा बार्सिलोनाका […]

जिदानले रियल मड्रिड छाड्ने

१३ जेठ, काठमाडौं । जिनेदिन जिदानले स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षक पद छाड्ने भएका छन् । दोस्रो पटक रियलको प्रशिक्षकको रुपमा काम गरेका फ्रान्सेली प्रशिक्षक जिदानले एक ला लिगा र एक स्पेनिस सुपर कप जितेर क्लब …

रियल मड्रिड स्पैनिस सुपर कपको फाइनलमा

बार्सिलोना ला लिगा र कोपा डेल रेको उपविजेता बन्दा रियल मड्रिड स्पैनिस सुपर कप खेल्ने अवसर पाएको हो ।

युइएफए सुपर कप : रियल मड्रिड भर्सेस म्यानचेस्टर युनाइटेड

साउन २४ – युइएफए सुपर कपको उपाधिका लागि मंगलबार राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियल मड्रिडबिच प्रतिस्पर्धा हुँदैछ । खेल म...