संविधान शिरमा बोकेर चुनावमा जान तयार छौं : नेता रिजाल

नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले काँग्रेस संविधान शिरमा बोकेर चुनावमा जान तयार रहेको बताएका छन् । संसद विघटनविरुद्ध शनिबार चितवनमा आयोजित विरोधसभामा नेता रिजालले निर्वाचन संविधान सम्मत हुनुपर्ने बताएका ।'निर्वाचन संविधान सम्मत हुनुपर्छ,' उनले भने, 'हामी संविधान शिरमा बोकेर चुनावमा जान तयार छौं ।' रिजालले आफ्नो पार्टीभित्र रहेको विवादको रिस संविधानको उल्लंघन गरेर पोखेको बताए । 'पार्टी भित्रको रिस संविधानमा फेर्न पाइँदैन,' उनले भने ।प्रधानमन्त्रीले संविधानमा हुँ

सम्बन्धित सामग्री

एमाले नेता रिजाल भन्छन्, ‘ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर गल्ती गरेकै हो’

काठमाडौं, १८ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले आफूहरुले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाएर गल्ती गरेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यसको जिम्मा एमालेले लिनुपर्ने र लिन तयार रहेको बताएका हुन् । प्रचण्डले एमालेको समर्थनमा प्रधानमन्त्री बनेको […]

कांग्रेस निर्वाचनबाट भाग्दैनः नेता रिजाल

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानको संरक्षण र कार्यान्वयन गर्नका लागि कांग्रेस चुनावमा सहभागी हुने बताएका छन् । लमजुङ सुन्दरबजार नगरपालिका–३ मा आज कांग्रेस वडा भवनको शिलान्यास कार्यक्रममा उनले भने, “संविधानको मर्म तथा विधिअनुसार संविधानमा टेकेर चुनाव हुने भएमा आफ्नो पार्टी चुनावबाट भाग्ने छैन ।’’ जनता नै सबैभन्दा ठूलो अदालत भएकाले जनतासामु जान तयार रहेको उनले प्रष्ट पारे । सर्वोच्च अदालतले निर्वाचनको पक्षमा निर्णय गरेमा न