मनसुन सक्रिय भएसँगै २५ दिनमा ५३ को मृत्यु, ३५ जना बेपत्ता, बाढीपहिरोले २९ जिल्लामा क्षति
बाढीपहिरोका कारण बिहीबार एकैदिन आठजनाले ज्यान गुमाएका छन् । एक बेपत्ता र ११ जना घाइते भएका छन् ।...
हिमाली जिल्ला मनाङका बाढीपहिरो पीडितलाई राहतस्वरूप रकम वितरण गरिएको छ । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयले यहाँका बाढीपहिरो पीडितलाई घर निर्माणका लागि रकम हस्तान्तरण गरेको हो ।
प्रतिघरधुरीलाई रु दुई लाखका दरले मनाङका ७४ घरधुरीलाई राहत रकमस्वरूप घर बनाउन उक्त रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार प्रतिघरधुरी रु दुई लाखका दरले रु एक करोड ४८ लाख विशेष राहतअन्तर्गत रकम वितरण गरिएको छ । “बाढीपहिरोबाट पूर्ण क्षति पुगेका घर परिवारका लागि राहतस्वरूप रकम वितर...
डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितहरुका लागि सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका छन्।बिहीबार निरीक्षणका क्रममा सुर्खेत, डोटी, बझाङ, बैतडी हुँदै गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका हुन्।देउवाले अमरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा स्थानीय तहका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरूसँग जिल्लामा बाढीपहिरो पीडितहरुका बारेमा जानकारी लिएका थिए।देउवाले बाढीपहिरो पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन ग
काठमाडौं। मेगा बैंकले बाढीपहिरो पीडितलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो ११औं वार्षिकोत्सवको अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढीपहिरो पीडितलाई उक्त रकम सहयोग गरेको हो। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुपाल्चोकको हेलम्बुलाई ७ लाख र मनाको चामेका पीडितलाई ५ लाख सहयोग गरेको हो। यी स्थानमा असार पहिलो साता आएको बाढीपहिरोका कारण ठूलो मात्रामा जनधनको क्षती भएको थियो।
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बाढीपहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्दार, विपद्पश्चात् गरिने राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामको पूर्वतयारीमा ध्यान दिनु पर्ने बताएकी छिन्। गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले बाढीपहिरो पीडितलाई तत्काल राहत र उद्दारको लागि सरकारले काम गर्नु पर्ने बताएकी छिन्।
नेपाली सेना अविरल वर्षाबाट देशका विभिन्न भागमा भएको बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा खोज र उद्धारमा जुटिरहेको छ। सेनाले मेलम्ची बाढीपहिरो प्रभावितका लागि संघसंस्थाबाट प्राप्त राहत सामग्री हेलिकप्टरद्वारा काठमाडौंँबाट मेलम्चीसम्म ढुवानी गरी वितरण गरेको छ ।बाढीका कारण भत्किएका/पुरिएका ११ घरबाट सामान निकाली सुरक्षित स्थानमा स्थानान्तरण गर्न सेनाले सहयोग सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । काभ्रेपलाञ्चोक तैनाथ सुरक्षा पोष्ट अम्बाथानबाट खटिएको टोलीले एक नेपाली र ३
काठमाडौँ । नेपाली सेना अविरल वर्षाबाट देशका विभिन्न भागमा भएको बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा खोज र उद्धारमा जुटिरहेको छ। सेनोले मेलम्ची बाढीपहिरो प्रभावितका लागि संघसंस्थाबाट प्राप्त राहत सामग्री हेलिकप्टरद्वारा काठमाडौंँबाट मेलम्चीसम्म ढुवानी गरी वितरण गरेको छ । बाढीका कारण भत्किएका÷पुरिएका ११ घरबाट सामान निकाली सुरक्षित स्थानमा स्थानान्तरण गर्न सेनाले सहयोग सहयोग गरेको सैनिक जनसम्पर्क […]