स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।सुदूरपश्चिमले बिहीबार सामाजिक सञ्जालमार्फत २६ वर्षीय म्याकमुलेनलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरेको जानकारी दिएको हो।ब्याटिङ अलराउन्डर म्याकमुलेनसँग अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवसमेत छ। उनले स्कटल्यान्डका लागि ४७ एकदिवसीय अन्तर्राष्ट्रिय र ३० टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ३० खेलबाट ७८७ […]