कारागारसम्बन्धि विधेयक पारित : कैदीलाई सन्तान जन्माउने अधिकार, बिरामी कैदीलाई पौष्टिक आहारा

यसअघिको मूल कानूनमा थप परिमार्जनसहित प्रतिनिधि सभाबाट कारागारसम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । कैदीलाई प्रजनन अधिकार, बिरामी कैदीलाई पौष्टिक आहारा, खुला कारागार लगायतका नयाँ प्रावधानसहितको विधेयक पारित भएको हो । २०७६ मंसिर २९ गते दर्ता भएर २०७६ फागुनदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलपछि पारित भएर प्रतिनिधि सभामा प्रतिवेदन पठाइएको थियो । पारित भएको विधेयकको दफा २३ को उपदफा १ मा कारागार प्रशासकले बन्दीको प्रजनन अधिकार संरक्षण गर्ने

सम्बन्धित सामग्री

कारागार विधेयक : कैदीलाई सन्तान जन्माउने अधिकार, भाग्न खाेजे थप सजाय

काठमाण्डाै – प्रतिनिधि सभाको आज आइतवारको बैठकले ‘कारागार विधेयक २०७८’ पारित गरेको छ । लामो समयपछि प्रतिनिधि सभाले याे विधेयक पारित गरेको हो । प्रतिनिधि सभाका सदस्यलाई याे विधेयक २०७६ मङ्सिर २९ गते वितरण गरिएको थियो । यस्तै त्यही वर्षकाे माघ २९ गते प्रतिनिधि सभामा प्रस्तुत भएको थियो भने चैत १९ गते सामान्य छलफल भएको थियो । विसं २०७६ चैत २९ गतेदेखि समितिमा दफाबार छलफल भएको थियो । प्रतिनिधि सभा दुई पटक विघटन भएपछि याे विधेयकसमेत प्रभावित भएको थियो । सरोकारवालाले बन्दीको अधिकार स्थापित हुने...