बिडारी भन्छन् : चोलेन्द्रलाई जोगाउन एमालेले षडयन्त्र गर्‍यो

२ असोज, काठमाडौं । राष्ट्रिय सभाका पूर्व सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग प्रस्ताव चुनावपछिको प्रतिनिधि सभाले हेर्ने बताएका छन् । सर्वोच्च अदालत परिसरमा पत्रकारसित कुराकानी गर्दै वरिष्ठ अधिवक्ता बिडारीले संसद जीवित रहेकाले प्रधानन्यायाधीश जबरा अदालतमा आउन नपाउने बताए । ‘महाअभियोग राष्ट्रिय सभामा जाँदैन । त्यो प्रतिनिधि सभाले हेर्छ । […]