शेरबहादुर देउवालाई विश्वासको मत दिन कांग्रेस सांसदलाई ह्वीप

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट विश्वासको मत दिनेमा ढुक्क रहेको निष्कर्ष निकालेको छ। प्रतिनिधि सभाको बैठकअघि बसेको कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक पुष्पा भूसालले भनिन्, 'संविधानको रक्षाको लागि हिजोको दिनमा जुन गठबन्धन गरेको थियो। त्यो यथावत् रहन्छ। उहाँहरुको विज्ञप्ति आएको छ, उहाँहरु कांग्रेससँगै हुनुहुन्छ।' संसद्लाई गतिशिल बनाउनका लागि प्रधानमन्त्रीले पहिल्यै विश्वासको मत लिन लागेका